Main Menu
  |   Tuesday, April 24, 2018
गोला प्रथामा एमाले विजयी
गोला प्रथामा एमाले विजयी

झापा । मत बराबर भएपछि झापाको कमल गाउँपालिकामा गोला प्रथाबाट गरेको निर्णयमा नेकपा (एमाले) विजयी भएको छ । सो गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका हुकुमसिंह राई र एमालेका मेनुका काफ्लेले बराबर मत आठ हजार २२५ प्राप्त गरें ।

मत बराबर भएपछि अध्यक्षमा को बस्ने भन्ने बिषयमा गोलाप्रथाबाट निर्णय गर्ने राजनीतिक दलबीच सहमति भएको थियो । सोहि सहमति अनुसार गोलाप्रथा गर्दा एमालेका काफ्ले विजयी भएको निर्वाचन अधिकृत प्रेमप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।

त्यस्तै उपाध्यक्षमा एमालेकै बेणु सिवाकोटीले नौ हजार ४१८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसकी दीपा भण्डारी गौतमले चार हजार ९९२ मत प्राप्त गर्नुभयो ।

वडाध्यक्षमा क्रमशः वडा नं १ मा काँग्रेसका केदार कटुवाल, २ मा नेकपा (एमाले)का ताराप्रसाद न्यौपाने, ३ मा नरप्रसाद दङ्गाल, ४ मा प्रेमबहादुर राई, ५ मा डम्बरबहादुर निरौला, ६ मा नरेन्द्र भट्टराई र ७ मा एमालेकै पृथ्वीपति राई विजयी हुनुभएका छन् । रासस

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।