Main Menu
  |   Sunday, June 24, 2018
नयाँ संबिधानको लागि मुख्य दलहरु सहमति खोज्दै
नयाँ संबिधानको लागि मुख्य दलहरु सहमति खोज्दै

काठमाण्डौ । सीमाङकनपछि उत्पन्न विवाद र नयाँ संबिधानमा मिल्न बाँकी बिषयमा सहमति खोज्न मुख्य दल फेरि छलफलमा जुटेका छन । मस्यौदा समिति अन्तर्गतको कार्यदलले विशेष समितिसँग संविधानका मिल्न बाँकी रहेका विषयबारे छलफल हो।

सिंहदरवारमा भएको संयुक्त बैठकमा सिमाङकनपछि उत्पन्न अबस्था, संबैधानिक पदाधिकारीको पुनर्नियुक्ति र थ्रेस होल्डका बिषयमा छलफल भएको छ । मुख्य ४ दलका शीर्षस्थ नेतालाई मस्यौदा समितिका सभापति कृष्ण सिटौला लगायतले विवादित बिषयमा छिटो सहमति कायम गर्न आग्रह गरेका छन् । शीर्षस्थ नेताले केहिदिनमै ति बिषयमा सहमति जुटाउने बताएका छन् । बिभिन्न जिल्लामा उत्पन्न विावद सीमाङकनमा समान्य परिमार्जन गरेर मिलाउन मुख्य दलले प्रयास गर्ने बताएका हुन।

दलहरु विच नागरिकका सुझाव अनुसार अरु विषय परिमार्जित भए पनि धर्म, थ्रेस होल्ड र संवैधानिक निकायमा पुनः नियुक्तिबारे दलहरुबीच विवाद कायमै छ । मस्यौदा समितिले दुई दिनभित्र संविधानको विधेयक तयार पार्न सभापति सिटौलाको संयोजकत्वमा उपसमितिका संयोजकसहितको कार्यदल बनाएको थियो । कार्यदलले बिहानैदेखि विधेयक तयार पार्ने काम गरिरहेको छ ।

संविधानसभाले नमिलेका विषयमामा विशेष समितिसँग परामर्श गरी टुंग्योउन जिम्मेवारीसहित बुधबार संविधान मस्यौदा समितिलाई संविधानको विधेयक तयार पार्न पाँच दिनको सयम दिएको थियो ।

सभाषदको जोड -अान्दोलनको माग सम्वोधन गर

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।