Main Menu
  |   Wednesday, February 21, 2018
खै कसरी मनाउँ गणतन्त्र ?
खै कसरी मनाउँ गणतन्त्र ?

अर्जुुन ज्ञवाली

ए गणतन्त्र !
खै कसरी मनाउ तिमिलाइ
आजपनी भोकाको लागि
गास बन्न सकेनौ
नाङ्गाको लागि
नानाचाचा बन्न सकेनौ
आश्रयबिहिनको लागि
बाँस बन्न सकेनौ
गरिबहरुको लागि
आस बन्न सकेनौ
मृत्युमा छट्पटीएकाहरुको लागि
सन्जिविनी बन्न सकेनौ
असायको लागि
सहारा बन्न सकेनौ
वृद्धको लागि
बैशाखी बन्न सकेनौ
अध्यारोमा उज्यालो बन्न सकेनौ
धमिलोमा सङ्ग्लो बन्न सकेनौ
गर्मीमा सित्तल बन्न सकेनौ
जाडोमा न्यानो बन्न सकेनौ
बेरोजगारको लागि
रोजगार बन्न सकेनौ
आमाको लागि
छोरा बन्न सकेनौ
छोराको लागि
आमा बन्न सकेनौ
हिम्सामा शान्ति बन्न सकेनौ
विनासमा विकास बन्न सकेनौ
तर पनि
मेरो धैर्य टुटेको छैन
मेरो सपना फुटेको छैन
यी सबै अभावहरु
तिमीले पूरा गर्दै आउ
सबै ठाउँमा समृद्धिले
चुम्दैचुम्दै जाउ
गणतन्त्र तिमिलाइ
हार्दिक शुभकामना ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।

  • जेसिज एउटा अभियान हो : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / शनिबार, ८ पुस ।

    जेसिज आफैमा एउटा नेत्तृत्वविकास गर्न सिकाउने पाठशाला हो । यहाँबाट कसले कति फाइदा लिन सक्ने भन्ने आफैमा भर पर्छ । जेसिज भनेको एउटा समुन्द्र हो यसमा डुबेर कसैले मोति लिएर फर्कन्छ कसैले संखेकिरा यो आफनो इच्छा शक्तिमा भर पर्छ । कुसल नेत्तृत्वले आफनो क्षमता देखाएर समाज नेत्तृत्व गर्नसक्ने अवसरलाई लिन सक्नु नै मुख्य चुनौति हुनेछ ।