Main Menu
  |   Sunday, June 24, 2018
उद्योग ब्यापार संगठनको दशौं साधारणसभा सम्पन्न
उद्योग ब्यापार संगठनको दशौं साधारणसभा सम्पन्न

भैरहवा । उद्योग ब्यापार संगठन रुपन्देहीको दशौं वार्षिक साधारणसभा शनिबार भैरहवामा सम्पन्न भएको छ । सभामा बोल्ने वक्ताहरुले उद्योगी व्यवसायीहरुका समस्याप्रति सरकारले बेवास्ता गरेको गुनासो गरे । सो अवसरमा बोल्दै प्रमुख अतिथि आपुर्ति मन्त्री दीपक बोहराले गौतमबुद्ध विमानस्थलको निर्माण कार्य समयमै पूरा गर्न अधिग्रहण गरिएको जग्गाको उचित मुआब्जा दिनुपर्ने र विमानस्थलबाट प्रभावित परिवारलाई एक घर एक रोजगारी दिनुपर्ने बताए ।

उनले मधेशी मोर्चाका माग सम्बोधन गर्न सरकार गम्भीर भएर लागिपरेको उल्लेख गर्दै चुनावप्रति जनताको आकर्षण बढेकाले चुनाव रोक्न नमिल्ने बताए । उनले स्थानीय चुनावमा विकासप्रेमी उम्मेदवारलाई जिताउन आग्रह गरे । स्थानीय चुनावमा खराब उम्मेदवारले जितेमा संघीयता बांदरको हातमा नरिवल जस्तै हुनसक्ने भएकाले सचेत भएर मतदानमा भाग लिन मन्त्री बोहराले आग्रह गरे ।

कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठक, वरिष्ठ उपाध्यक्ष डम्बरदेव अर्याल, उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारी,पुर्वमन्त्री एवं माओवादी केन्द्रका नेता हकि कुल्ला खां,पुर्व राज्यमन्त्री एवं राष्ट्रिय जनता पार्टीका नेता ओमप्रकाश यादव गुल्जारी, नयां शक्ति पार्टी नेपाल रुपन्देहीका संयोजक देवेन्द्र पाण्डे सागर, राप्रपा रुपन्देहीका जिल्ला अध्यक्ष सागरप्रताप राणा, संघीय समाजवादी फोरमका रुपन्देही अध्यक्ष महेन्द्र यादव,नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दीपक क्षेत्री न्यौपाने, कांग्रेसका क्षेत्रीय सभापति मातृका यादव, एमाले सिद्धार्थनगरका अध्यक्ष रामबहादुर श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्मा, संगठनका निवर्तमान अध्यक्ष खिमबहादुर खत्री,संगठनका सल्लाहकार चोपलाल आचाय र ज्ञानु पौड्याल, उपाध्यक्ष गिरिशचन्द्र त्रिपाठी, महासचिव अनिल ज्ञवाली, लुम्बिनी प्रेस क्लबका अधयक्ष माधव ढुंगाना लगायतले बोल्दै उद्योगी–व्यवसायीका समस्याप्रति एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

यसैबीच उद्योग ब्यापार संगठन रुपन्देहीले पत्रकारिताको माध्यमबाट उद्योग,ब्यापार,कृषि, पर्यटन र समग्र भैरहवा क्षेत्रको विकासमा योगदान पु¥याएको भन्दै ९ जना पत्रकार र ५ जना उद्योगी–व्यवसायीलाई सम्मान गरेको छ । संगठनले गौतमबुद्ध सन्देश दैनिकका सम्पादक टोपराज शर्मा,कान्तिपुर दैनिकका उपसम्पादक माधव ढुंगाना, न्यूज ओकेका सम्पादक मनोरन्जन शर्मा,गौतमबुद्ध सन्देशका प्रबन्ध सम्पादक माधव न्यौपाने,लुम्बिनी पोष्ट साप्ताहिकका सम्पादक दीपक न्यौपाने,नारी विम्बकी सम्पादक सम्झना शर्मा,लुम्बिनी खबरका सहसम्पादक कमल रायमाझी र सरिना मरासिनीलाई कदरपत्र र नगदसहित सम्मान गरेको हो । उनीहरुलाई आपुर्तिमन्त्री दीपक बोहरा र संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारीले कदरपत्र र नगद प्रदान गरी सम्मान गरेका हुन् ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।