Main Menu
  |   Monday, October 22, 2018
पार्टी एकताको निर्णय अनुमोदन, यि हुन एकीकृत कम्युनिष्ट पार्टीका शीर्ष ९ नेता
बिष्णु पौडेल महासचिव, नारायणकाजी श्रेष्ठ प्रवक्ता
पार्टी एकताको निर्णय अनुमोदन, यि हुन एकीकृत कम्युनिष्ट पार्टीका शीर्ष ९ नेता

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले पार्टी एकताको निर्णय अनुमोदन गरेको छ । एमाले र माओवादी केन्द्रबीच एकतालाई अन्तिमरुप दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको संयोजन समितिको बैठकले पार्टी एकताको निर्णय अनुमोदन गरेको हो ।

योसँगै दुवै पार्टीको आ–आफ्नो अन्तिम बैठक बसी एकता संयोजन समितिको निर्णयलाई अनुमोदन गर्ने बताइएको छ । एकताको निर्णयसँगै दुवै दलले पार्टी विघटन भएको घोषणा गर्नेछन् । दुवै पार्टी विघटनपछि नयाँ पार्टी गठन हुने नेताहरुले बताएका छन् । यसका लागि अहिले एमाले केन्द्रीय कमिटीको बैठक र माओवादी केन्द्रको सचिवालयको बैठक बस्दैछ ।
बिहीबारै (आज) निर्वाचन आयोगमा एकीकृत पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्ने सहमति पनि भएको छ ।
बिहीबारै अपराह्न पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा हुने दुवै दलका नेताहरुले बताएका छन् ।

केन्द्रीय कमिटी ४४१ सदस्यीय
एकीकृत पार्टीको केन्द्रीय कमिटी ४४१ सदस्यीय हुनेछ । जसमा एमालेबाट २४१ जना हुनेछन् भने २०० जना माओवादी केन्द्रबाट आउनेछन् ।

कार्यदलले २९९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको थियो । माओवादी केन्द्रले ५०/५० प्रतिशतको माग गरेपछि विवाद भएको थियो । तर, नयाँ सहमतिअनुसार केन्द्रीय कमिटीमा माओवादी केन्द्रले ४५ प्रतिशत पाएको छ ।

स्थायी कमिटी ४३ सदस्यीय

पोलिटब्यूरो भने तत्काल बन्ने छैन । स्थायी कमिटी ४३ सदस्यीय बनाउने सहमति जुटेको छ । नेताहरुकाअनुसार स्थायी कमिटीमा एमालेबाट २५ र माओवादी केन्द्रबाट १८ जना हुनेछन् ।

चुनाव चिह्न सूर्य, पार्टीको निर्देशक सिद्धान्त ‘मार्स्वाद–लेलिनवाद’
एकतापछि पार्टीको चुनाव चिह्न सूर्य हुनेछ । पार्टीको निर्देशक सिद्धान्त ‘मार्स्वाद–लेलिनवाद’ हुनेछ । राजनीतिक कार्यदिशा ‘समाजवादउन्मुख समावेशी लोकतन्त्र’ छ ।
एमालेले भन्दै आएको जनताको बहुदलीय जनवाद र माओवादीले भन्ने गरेको २१औं शताब्दीको बहुदलीय जनवादलगायतका वैचारिक मान्यतामा छलफल गर्दै जाने सहमति पनि दुई दलबीच भएको छ ।

शीर्ष ९ नेता रहने गरी ‘केन्द्रीय कार्यालय’

एकीकृत कम्युनिष्ट पार्टीले शीर्ष ९ नेता रहने गरी ‘केन्द्रीय कार्यालय’ गठन गरेको छ। सो केन्द्रीय कार्यालयमा रहने ९ नेताको नाम र उनीहरूको वरीयता पनि टुंगो लागेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली सो वरीयताको शीर्ष स्थानमा छन्। दोस्रो वरीयतामा पुष्पकमल दाहाल रहनेछन्। त्यसैगरी तेस्रोमा माधवकुमार नेपाल, चौथोमा झलनाथ खनाल, पाँचौमा वामदेव गौतम, छैठौंमा नारायणकाजी श्रेष्ठ, सातौंमा ईश्वर पोखरेल, आठौंमा रामबहादुर थापा र नवौं स्थानमा बिष्णु पौडेल छन्। बिष्णु पौडेललाई पार्टीको महासचिव र नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिईने भएको छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।