Main Menu
  |   Sunday, October 21, 2018
दीपमा नमूना निर्वाचन
दीपमा नमूना निर्वाचन

बुटवल । बुटवल–८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले आज बिहिबार नमूना निर्वाचन गरेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभामा कसरी निर्वाचन हुन्छ भन्ने व्यवहारिक जानकारी दिनका लागि निर्वाचन गरिएको हो ।

निर्वाचनमा विद्यालयको कक्षा ६ देखि ११ सम्मका करिव नौ सय विद्यार्थीहरुले सहभागिता जनााएका थिए ।
विद्यार्थीमा सैद्धान्तिक ज्ञानभन्दा पनि व्यवहारिक ज्ञान महत्वपूर्ण हुने भएकोले र्दीघकालीन सिकाइका लागि यस प्रकारको कार्यक्रम गरिएको विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बताउनुभयो ।

सगरमाथा, लुम्बिनी, जनकपुर, कर्णाली र डाँफे गरी पाँचवटा नमूना पार्टीले निर्वाचनमा सहभागिता जनाएको कार्यक्रममका संयोजक तथा सामाजिक विषय प्रमुख अमर खत्रीले जानकारी दिनुभयो ।

नमूना निर्वाचनमा विद्यार्थीहरुले प्रत्यक्ष तथा समानुपातिक दुवै प्रतिनिधिका लागि मतदान गरेका थिए । मत परिणाम शुक्रबार सार्वजनिक गरिने कार्यतालिका रहेको विद्यालयले जनाएको छ । नमुना निर्वाचनको बुटवल एफएमले प्रत्यक्ष प्रसारण गरेको थियो ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।