Main Menu
  |   Saturday, December 15, 2018
गुल्मी जुभूङ्ग रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान
गुल्मी जुभूङ्ग रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान

बुटवल । गुल्मी जुभूङ्ग रुपन्देही सम्पर्क समाजले बिहीबार बुटवलमा रक्तदान गरेको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै समाजले रक्तदान गरेको सचिव दिनेश खड्काले जानकारी दिनुभयो ।

रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदानमा ४० जनाले रक्तदान गरेको संस्थाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक टेक बहादुर बलालले जानकारी गराउनुभयो । २०७३ सालमा स्थापना भएको समाजले गत वर्ष समेत रक्तदान कार्यक्रम गरेको थियो ।

त्यस्तै आजै समाजले बुटवल २ मा रहेको सिद्धबाबा दुर्गाभवानी शिवकुमारी सैजु वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई फलफुल वितरण गरेको छ । उनीहरुलाई स्याउ, अनार, केरा, अंगुर लगाएतका फलफुल वितरण गरिएको संस्थाका अध्यक्ष बम बहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।