Main Menu
  |   Tuesday, January 23, 2018
सैनामैना गोल्डकप- नवलपारासी सेमिफाईनमा प्रवेश
सैनामैना गोल्डकप- नवलपारासी सेमिफाईनमा प्रवेश

सैनामैना । प्रथम सैनामैना गोल्डकप नकआउट फुटबल प्रतियोगिताको आज बाट क्वाटरफाईनका खेलहरु सुरु भएका छन् । सोमबार भएको क्वाटरफाईनको पहिलो खेलमा देशभक्त भैरव एफ सी नवलपरासी सेमिफाईनलमा प्रवेश गरेको छ ।

गोर्खा ब्वायज स्पोटर्स् क्लबलाई २–० गोल अन्र्तरले हराउदै नवलपरासी बिजयी भएको हो । निकै कडा प्रतिस्प्रर्धामक खेलमा देशभक्त भैरव नवलपरासीका जर्सीन १२ का राम बहादुर थापाले २ गोल गर्न सफल भएका थिए । थापाले खेलको २४ र ६१ औ मिनेटमा गोल गर्दै आजको खेलमा म्यान् अफ् द् म्याच घोषित भएका छन् । यस अघि आयोजकलाई हराउदै देशभक्त नवलपरासी क्वाटरफाईनमा प्रवेश गरेको थियो ।

सैनामैना ७ देउवापारमा रहेको सरस्वती माविको खेल प्राङ्गणमा सुरु भएको खेल १४ गते सम्म जारी रहने छ । १४ टिमको सहभागिता रहेको खेलमा भोली कपिलबस्तु जिल्ला फुटबल संघ र फर्साटिकर एफ सी पर्साटिकर बिच खेल हुने क्लबका सचिब रोमनाथ न्यौपानेले जानकारी दिएका छन् । यस अघि कपिलबस्तुले एन्फा एकेडेमी बुटवलाई हराउदै दोश्रो चरणमा प्रवेश गरेको थियो ।

प्रतियोगिताको प्रथम पुरुस्कार रु १ लाख १७ हजार १ सय १७ , द्धितिय पुरुस्कार रु ५८ हजार ८ सय ८८ रहेको छ । त्यस्तै सेमीफाईनमा प्रवेश गर्ने २ टिमलाई नगर १२ हजार पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् । उत्कृष्ट खेलाडीलाई ७ हजार ७ सय ७७ रुपैया रहेको छ भने विद्यागतरुपमा उत्कृष्ट खेलाडीलई रु ४ हजार ४ सय ४४ रुपैया पुरस्कारको ब्ववस्था गरिएको क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिएका छन्

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।

  • जेसिज एउटा अभियान हो : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / शनिबार, ८ पुस ।

    जेसिज आफैमा एउटा नेत्तृत्वविकास गर्न सिकाउने पाठशाला हो । यहाँबाट कसले कति फाइदा लिन सक्ने भन्ने आफैमा भर पर्छ । जेसिज भनेको एउटा समुन्द्र हो यसमा डुबेर कसैले मोति लिएर फर्कन्छ कसैले संखेकिरा यो आफनो इच्छा शक्तिमा भर पर्छ । कुसल नेत्तृत्वले आफनो क्षमता देखाएर समाज नेत्तृत्व गर्नसक्ने अवसरलाई लिन सक्नु नै मुख्य चुनौति हुनेछ ।