Main Menu
  |   Sunday, September 24, 2017
प्रधानन्यायाधीशमा पराजुली अनुमोदित
प्रधानन्यायाधीशमा पराजुली अनुमोदित

काठमाडौं । व्यवस्थापिका–संसदको संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशका लागि प्रस्तावित सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश गोपालप्रसाद पराजुलीको नाम अनुमोदन गरेको छ ।समितिको आइतबार बिहान सिंहदरबारमा बसेको बैठकले सुनुवाइपछि पराजुलीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । पराजुलीविरुद्ध कुनै उजुरी परेको थिएन ।

समितिमा २९ ओटा कार्ययोजना पेस गर्दै पराजुलीले ‘मुस्कानसहितको सेवा’ सुरु गर्ने बताए । मुद्दा ढिलो छिनाफानो गर्ने प्रवृत्ति अन्त्य गरिने प्रतिबद्धता पनि उनले जनाए । आफ्नो कार्यकालमा न्यायालयप्रति कुनै गुनासो आउन नदिने प्रतिबद्धता उनको थियो ।

यसैगरी, उनले न्यायालयले कार्यपालिका र व्यवस्थापिकामा कुनै हस्तक्षेप नगर्ने वचन दिए । समितिका सदस्यहरुले चितवन, भरतपुर महानगरपालिकाको मतगणनाको विवाद छिट्टै अन्त्य गर्न पराजुलीलाई आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।