Main Menu
  |   Wednesday, February 21, 2018
भलिबल प्रतियोगिताको उपाधि न्यू इन्भारन्मेन्टलाई
भलिबल प्रतियोगिताको उपाधि न्यू इन्भारन्मेन्टलाई

बुटवल । रुपन्देहीको तिलोत्तमा–११, शिवपुर स्थित शिवपुर सामुदायिक विकास संस्थाको आयोजनामा सञ्चालित मणिग्राम स्रोत केन्द्र स्तरीय अन्तर मावि भलिबल प्रतियोगिताको उपाधि न्यू इन्भारन्मेन्ट माविले हात पारेको छ । उपाधिसँगै न्यू इन्भारन्मेन्टले नगद १५ हजार, शिल्ड, पदक तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै प्रतियोगितामा द्धितीय भएको सेमरा बजार माविले नगद १० हजार, तृतीय हुने कुँवरवर्ती इंलिस बोर्डिङ स्कुलले ६ हजार नगद प्राप्त गरेका गरेका छन् । यस्तै सावन्तवना हुने गिर्वाण माविले नगद ३ हजार प्राप्त गरेको सचिव केदारचन्द्र पराजुलीले जानकारी दिए ।

शिवपुर माविको खेल मैदानमा भएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कृत गरिएको आयोजकले जनाएका छन् ।

विजयी टिमलाई पुस्कार वितरण गर्दै रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले विद्यार्थीमा अनुशासनको विकास गराउन यस्ता प्रतियोगिताहरु फलदायी हुने बताए । यस्तै मणिग्राम स्रोत केन्द्रका विद्यालय निरीक्षक चन्द्र कुँवरले खेलकुदले विद्यार्थीमा मेलमिलापको भावना समेत विकास गराउने बताए । संस्थाका अध्यक्ष बाबुराम अर्यालको अध्यक्षता तथा सचिव केदारचन्द्र पराजुलीको सञ्चालनमा कार्यक्रम भएको हो ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।

  • जेसिज एउटा अभियान हो : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / शनिबार, ८ पुस ।

    जेसिज आफैमा एउटा नेत्तृत्वविकास गर्न सिकाउने पाठशाला हो । यहाँबाट कसले कति फाइदा लिन सक्ने भन्ने आफैमा भर पर्छ । जेसिज भनेको एउटा समुन्द्र हो यसमा डुबेर कसैले मोति लिएर फर्कन्छ कसैले संखेकिरा यो आफनो इच्छा शक्तिमा भर पर्छ । कुसल नेत्तृत्वले आफनो क्षमता देखाएर समाज नेत्तृत्व गर्नसक्ने अवसरलाई लिन सक्नु नै मुख्य चुनौति हुनेछ ।