Main Menu
  |   Friday, June 22, 2018
आधारभूत कर तथा लेखा नीति सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
आधारभूत कर तथा लेखा नीति सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

बुटबल । सनराईज बैंक लिमिटेडले सोमबार बुटवलमा आधारभूत कर तथा लेखा नीति सम्बन्धीे अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । आफ्ना ग्राहकहरुलाई “आधारभूत कर तथा लेखा नीति” सम्बन्धि जानकारी दिने उद्देश्यले सन्राइज बैंकको बुटवल शाखाको संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले व्यवसाय संचालन गर्दा पर्न सक्ने समस्याहरु र व्यवसाय संचालन पूर्व अपनाउनुपर्ने विधिहरुबारे उद्योगी ब्यवसायीहरुलाइ अत्यन्त प्रभावकारी कार्यक्रम भएको बताउनु भयो ।

नेपाल उद्योग बाणीज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्र प्रसाद श्रेष्ठले बुटवल क्षेत्र साना तथा मझौला ब्यवसायीको हव भएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुको लागि बुटवल उद्योग बाणीज्य संघ तथा नेपाल उद्योग बाणीज्य संघ सन्राईज बैंक संग साझेदार गर्न तयार रहेको बताउदै भविष्यमा पनि यस्ता खालका कार्यक्रम निरन्तर गर्न बैंकलाई सल्लाह ब्यक्त गर्नुभयो ।

कार्यक्रममा सनराईज बैंक लिमिटेड एसएमई बिभागका प्रमुख हरी प्रसाद आचार्यले व्यवसायलाई अपेक्षित रुपमा बृद्धि गर्न उद्यमीको प्रमुख चुनौतीे रहेको परिवेश र यथार्थलाई मध्यनजर गर्दै बैंकले देशव्यापी रुपमा रहेका शाखा संजाल मार्फत साना तथा मझौला उद्यमीहरुलाइ वित्तीय परामर्श पु¥याउने हेतुले कार्यक्रम गरेको बताउनु भयो ।

सनराईज बैंक बुटवल शाखाका प्रबन्धक राजेन्द्र घिमिरेले बैंकले विशुद्ध रुपमा नाफामूलक क्रियाकलापमा मात्र आफ्ना गतिविधिहरुलाई सीमित नराखी संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने अभिप्रायले यस्ता कार्यक्रम आयोजना गरेको बताउनु भयो ।

कार्यक्रममा सामान्य लेखाशास्त्रका सिद्धान्त, चालुपूजी व्यबस्थापनका आधारभूत नियमहरु , नेपाल सरकारको कर नीति, कर विवरण तयार गर्दा ध्यान दिनुपर्ने सामान्य कुराहरु, कर दाखिला तथा चुक्ता प्रमाण, व्यवसायिक योजना, वजार प्रबद्र्धन तथा बिक्री, व्यवसायिक वातावरणको विश्लेषण लगायतका विषयमा चर्चा गरिएको थियो ।

बुटवलका १५० भन्दा बढि उद्योगी ब्यवसायीहरु सहभागी भएको कार्यक्रममा चार्टड एकाउन्टेन्ड अरुण रावतले सहजीकरण गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।