Main Menu
  |   Tuesday, April 24, 2018
एकलौटी रुपमा बार्षिक नीति तथा कार्यक्रम ल्याएको भन्दै कावासोती नगर सभा अवरोध
एकलौटी रुपमा बार्षिक नीति तथा कार्यक्रम ल्याएको भन्दै कावासोती नगर सभा अवरोध

कावासोती । नवलपरासीको कावासोती नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिहरुले एकलौटी रुपमा बार्षिक नीति तथा कार्यक्रम ल्याएको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नगर सभामा अवरोध पुर्याएका छन् ।

कावासोती नगरपालिकाका प्रमुख चन्द्रकुमारी पुनका अध्यक्षतामा भएको नगर सभामा पटक पटक उपप्रमुख प्रेम शंकर मर्दनियाले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न खोजे पनि नेपाली कांग्रेस र माओवादी केन्द्रबाट निर्वाचित प्रतिनिधिहरुले रोष्टम घेरेर अवरोध गरेका छन् ।

नगरसभा पटक पटक अवरुद्ध भएपनि नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका जनप्रतिनिधिहरु छुट्टाछुट्टै छलफलमा जुटेका छन् ।
उनीहरुले विषयगत समिति मध्ये कम्तिमा दुई वटा समितिका संयोजक आफूहरुले पाउनु पर्ने अडान समेत राखेका छन् । छुट्टै समय लिएर बोल्दै कावासोती नगरपालिकाका वडा नं. ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले आफ्नो माग पुरा नभएसम्म नगर सभा अगाडि बढ्न नदिने बताउनुभयो ।

त्यसैगरी उनीहरुले वजेट विनियोजन गर्दा पनि एकलौटी रुपमा गरेको आरोप लगाएका छन् । सभा कावासोतीका खानेपानी हलमा भएको हो । सभा पटक पटक स्थगित गर्दै अगाडि बढाउने प्रयास गरेपनि अगाडि बढाउन भने सकेको छैन ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।