Main Menu
  |   Saturday, November 18, 2017
अन्तरघात गर्नेलाई कारबाही गर्ने काग्रेस रुपन्देहीको निर्णय
अन्तरघात गर्नेलाई कारबाही गर्ने काग्रेस रुपन्देहीको निर्णय

भैरहवा । नेपाली काँग्रेस रुपन्देहीले स्थानीय तह निर्वाचनमा पार्टीका आधीकारीक उम्मेदवारलाई असहयोग गर्ने र अन्तरघात गर्ने पार्टीका कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ ।

नेपाली काँग्रेस रुपन्देहीका सभापति एवं सासंद अब्दुल रज्जाकको सभापतित्वमा सोमवार भैरहवामा बसेको जिल्ला कार्यसमीतीको बैठकले आधीकार उम्मेदावरको बिरुद्ध बागीं उठ्ने र बागीँ उम्मेदवारको समर्थक तथा प्रस्तावकमा बस्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । बैठकले निर्वाचनको समीक्षा गर्दै अरु बेला काँग्रेस हुँ भन्ने र निर्वाचनका बेला असहयोग गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ ।

स्थानीय तह निर्वातनमा रुपन्देहीका कतीपय स्थानहरुमा आफ्नै उम्मेदवार बिरुद्ध बांगी उम्मेदवारी समेत परेको थियो । जसका कारण जनमानसमा नकारात्मक असर परी त्यस्ता स्थानहरुमा झीनो मतले काँग्रेसले पराजय ब्यहोर्नु परेको थियो । निर्वाचनमा अन्तरघात गर्ने तर पार्टीले कारबाही नगर्ने र त्यस्ता ब्यक्तीहरुको मनोवल बढ्ने आसंका भईरहेका बेला काँग्रेस रुपन्देहीको यस्तो निर्णय आएको हो ।

कांग्रेस विधानको परिच्छेद–५ को दफा–३४ को उपदफा २ मा आधीकारीक उम्मेदवार बिरुद्ध बागी उठ्ने, उसको प्रस्तावक तथा समर्थक बस्नेलाई कार्वाही गर्ने ब्यबस्था छ । नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले पार्टीको अनुसासन कायम गर्दै काँग्रेसलाई थप मजबुज र एकताबद्ध बनाउन यस्तो निर्णय गरीएको बताए ।

यस्तै काँग्रेसले स्थानीय तह निर्वाचनमा आफ्ना बिजयी उम्मेदवारलाई बधाई समेत दिएको छ । निर्वाचनमा काँग्रेसलाई मतदान गर्ने सवैलाई आधार ब्यक्त गर्दै काँग्रेसले सवै मतदाता तथा जिल्ला बासिहरुलाई धन्यबाद ज्ञापन गरेको छ । यता नेपाली कांग्रेस, सिद्धार्थनगर वडा नं. १ वडा समितिले स्थानिय तह निर्वाचनको समीक्षा गर्दै पार्टीलाई असयोग र बांगी उम्मेदवार दिनेलाई कार्वाही गरेको छ । नगर सह सचिव सुमित प्रधान सहीत १० जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरीएको छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।