Main Menu
  |   Tuesday, January 23, 2018
कपिलवस्तुमा कहाँ कस्ले जिते ?
कपिलवस्तुमा कहाँ कस्ले जिते ?

कपिलवस्तु । दश स्थानीय तह रहेको कपिलबस्तुका सबै तहको नतिजा सार्वजनिक भएको छ । कपिलबस्तुको वाणगंगा, बुद्धभूमि, कपिलबस्तु, महाराजगञ्ज नगरपालिका र यशोधरा गाउपालिकामा कांग्रेस विजयी भएको छ ।

यस्तै शिवराज नगरपालिका र विजयनगर गाउँपालिका एमालेले तथा मायादेवी गाउपालिका संघिय समाजबादी फोरम, सोद्धोधन र कृष्णनगर गाउपालिका स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

यस्तै कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका अब्दुल कलाम खाँ ७ हजार ७२४ मत सहित विजयी हुनुभएको हो । निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीर्घ नारायण पाण्डेले ६ हजार ७ सय ४५ मत पाउनुभयो । त्यस्तै उपमेयरमा कांग्रेसकै शोभावती कुर्मी ६ हजार १३ मत सहित विजयी हुनुभएको छ ।

स्वतन्त्रका उम्मेदवार जीवन कुमार कुर्मीले ३ हजार ६४ मत मात्र पाउनुभयो । कपिवलबस्त’को बाणगंगा र कपिलवस्त’ नगरपालिकामा नेपाली कांग्रेस बिजयी भएको छ . पछिल्लो घोषित परिणाम अन’सार कपिलवस्तु नगरपालीकामा कांग्रेस उम्मेदवार किरण सिंह मेयरमा बिजयी हुनु भएको छ ।
यस्तै बाणगंगामा पनि कांग्रेसका मंगल थारु बिजयी हुनु भएको छ । उपप्रमुखमा भने एमाले उममेदवार बिजयी भएका छन ।

यस्तै बुद्धभूमि नगरपालिकामा नेपाली कांग्रेसका केशव श्रेष्ठ बिजयी हुनु भएको छ उपमेयरमा नेपाली कांग्रेस कै मिरा चौधरी बिजयी हुनु भएको छ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेवार रजत प्रताप साह विजयी हुनुभएको छ ।

स्वतन्त्र उम्मेदवार रजत प्रताप साह ७ हजार १ सय २३ मत प्राप्त गरी मेयरमा विजयी हुनुभएको हो । नेकपा माओवादी केन्द्रका शिव प्रसाद जयसवालले ३ हजार २ सय ५ मत प्राप्त गर्नुभयो । उपमेयरमा नेकपा माओवादी केन्द्रकी शबनम खातुन ३ हजार १ सय ५५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।

  • जेसिज एउटा अभियान हो : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / शनिबार, ८ पुस ।

    जेसिज आफैमा एउटा नेत्तृत्वविकास गर्न सिकाउने पाठशाला हो । यहाँबाट कसले कति फाइदा लिन सक्ने भन्ने आफैमा भर पर्छ । जेसिज भनेको एउटा समुन्द्र हो यसमा डुबेर कसैले मोति लिएर फर्कन्छ कसैले संखेकिरा यो आफनो इच्छा शक्तिमा भर पर्छ । कुसल नेत्तृत्वले आफनो क्षमता देखाएर समाज नेत्तृत्व गर्नसक्ने अवसरलाई लिन सक्नु नै मुख्य चुनौति हुनेछ ।