Main Menu
  |   Tuesday, September 19, 2017
एमालेसँग सम्बन्ध सुधार्दै राजपा
एमालेसँग सम्बन्ध सुधार्दै राजपा

काठमाडौं । झन्डै दुई वर्षदेखि एक अर्काबीच ‘शत्रुतापूर्ण’ व्यवहार प्रदर्शन गरिरहेका प्रमुख विपक्षी एमाले र राष्ट्रिय जनता पार्टी (राजपा) का नेताबीच राजधानीको एक रिसोर्टमा औपचारिक र ‘सकारात्मक’ वार्ता भएको छ।संविधान निर्माणमा मधेसविरोधी अडान लिएको भन्दै एमालेसँग शत्रुतापूर्ण व्यवहार प्रदर्शन गरिरहेको राजपाले सत्तापक्षीय गठबन्धन (कांग्रेस-माओवादी केन्द्र) पनि आफ्ना मागप्रति संवेदनशील नदेखिएको विश्लेषणसाथ एमालेसँग सम्बन्ध सुधारमा लागेको जनाएको छ।

राजपा र एमालेका दोस्रो तहका नेताबीच संविधान संशोधन, २ नम्बर प्रदेशमा तेस्रो चरणको स्थानीय तह निर्वाचन र सत्तासमीकरणलगायत विषयमा छलफल भएको बैठकमा सहभागी नेताले बताएका छन्। छलफलमा एमालेबाट उपमहासचिव घनश्याम भुसाल, युवा नेताद्वय रवीन्द्र अधिकारी र डा.राजन भट्टराई तथा राजपाका नेता लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल र मनीष सुमन सहभागी छन्। ‘वार्ता निकै सकारात्मक भएको छ,’ वार्तामा सहभागी एमालेका एक नेताले भने।

स्थानीय तह निर्वाचनबाट एमाले पहिलो पार्टी बनेकाले पहिलो दलसँग तिक्ततापूर्ण नभई सम्बन्ध सुधार गरी अघि बढ्नुपर्ने छिमेकी भारतको सत्तापक्षको दृष्टिकोणमा आएको परिवर्तनपछि नै राजपाका नेताहरू एमालेसँग सम्बन्ध सुधारमा लागेको राजनीतिक विश्लेषक बताउँछन्। एमालेको सहयोगविना संविधान संशोधन प्रस्ताव संसद्बाट पारित हुनसक्ने अवस्था नरहेकाले पनि एमालेको सहयोगका लागि राजपाका नेताहरूले आग्रह गरिरहेको एमाले नेताहरूले बताएका छन्।

‘पछिल्लोपटक राजपाका विभिन्न नेतासँग हाम्रो पार्टीका विभिन्न नेताको संवाद भइरहेको छ,’ एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने, ‘उनीहरू (राजपा नेता) ले संविधान संशोधनमा एमालेको सहयोग चाहियो भनिरहनुभएको छ। कसरी अघि बढ्ने भन्नेमा अनौपचारिक छलफल भइरहेको छ।’ सत्तापक्षले केही दिनभित्रै संसद्मा संशोधन प्रस्ताव पेस गर्ने बताइरहेका बेला प्रमुख विपक्षी एमालेसँग राजपाका नेताले छलफल गरेका हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको अघिल्लो सरकार र हाल कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै पक्ष एकैसाथ बसेर संशोधन विधेयकबारे छलफल गर्ने वातावरण नबनाएको भन्दै एमालेले पनि आपत्ति जनाउँदै आएको छ।यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।