Main Menu
  |   Friday, December 15, 2017
धार्मिक पर्यटन विकासको लागि सैनामैनामा धान्यञ्चल सप्ताह हुने
धार्मिक पर्यटन विकासको लागि सैनामैनामा धान्यञ्चल सप्ताह  हुने

सैनामैना । रुपन्देही जिल्लाको सैनामैना– ९ माथिल्लो बासँगढीमा कार्तिक १४ गतेदेखि श्रीमत्भागवत धन धान्यञ्चल सप्ताह ज्ञान माहायज्ञ हुने भएको छ । सत्यलोक गणेश मन्दिरको आयोजनामा मङ्गलबारदेखि कार्तिक २१ गते सम्म सञ्चालन हुने माहायज्ञको तयारी पुरा भएको आयोजकले पत्रकार सम्मलेन गरि सोमबार जानकारी दिएको छ । माथिल्लो बासँगढी बरपानी सामुदायिक बनको एकान्त स्थलमा रहेको गणेश मन्दिरको विकास र प्रचार प्रसारको लागि माहायज्ञ सञ्चालन गरिएको मुल आयोजक समितिका अध्यक्ष लिलाधर भण्डारीले जानकारी दिनु भएको छ ।

हिन्दु धर्मको संरक्षण र श्रीमदत्भागवतको महत्वको बारेमा जानकारी दिदै यस क्षेत्रको पहिचान बढाउनको लागि माहायज्ञ आयोजना गरिएको भण्डारीले बताउनु भयो । माहायज्ञमा उठेको भेटीबाट मन्दिर परिसर भित्र यज्ञसाला , भण्डार, धर्मशाला , बाचानालय , धार्मिक पर्यटन केन्द्रको रुपमा विकास गरिने योजना रहेको उँहाले बताउनु भयो । एकान्त र रमणीय स्थानमा धार्मिक स्थल रहेकाले पर्यटक पनि भित्राउन सकिने भएकाले बाल उद्यान, बनभोज स्थल, मनोरञ्जन पार्कमा रुपमा विकास गरिने भावि आयोजना राखिएको अध्यक्ष भण्डारीले बताउनु भयो । १०१ जनाको माहायज्ञ मुल आयोजक समिति बनाई तयारी पुरा गरिएको श्रीमत्भागवत माहायज्ञ संयोजक सागर लम्सालले बताउनु भएको छ ।

माहायज्ञमा रुद्धि अभिषेक, प्राण प्रतिष्ठा, ब्रतबन्धन, श्रीमद कथा बाचन , भजन कृतन हुने लम्सालले पत्रकार सम्मेलनमा जानकारी दिनु भएको छ । माहायज्ञमा मुल कथा बाचक समेत रहनु भएका लम्सालले यस स्थानमा रहेको गणेश मन्दिर ऐतिहासिक र थारु सामुदायकको आस्थाको केन्द्र रहेको बताउनु भएको छ । यसको प्रचार प्रसार विकासमा महायज्ञ आयोजना गरिएको उँहाले दाबी गर्नु भयो । त्यस्तै सैनामैना नगरपालिकाका वडा नं. ९ का वडा अध्यक्ष डोलराज भण्डारीले यस स्थान एकान्त स्थानमा रहेकाले धार्मिक पर्यटनको रुपमा विकास गरिने बताउनु भएको छ । पुर्व पश्चिम राजमार्गबाट ४०० मिटर उक्तर बरपानी सामुदायिक बनको एकान्त स्थलमा मन्दिर अवस्थित रहेको छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य : कार्की
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    पहिलो कुरा नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक परिवेशमा राजनीतिक गन्तव्य बदलिएको निश्कर्षसहित आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु ।

  • प्रदेशको राजधानी बुटवल नै हुन्छ : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    विकासका थप नयाँ आयामहरु गर्न बाँकी छ । बुटवललाई अब महानगर बनाउने योजना छ । मैलै सदनमा बजेट प्रस्तुत गर्दा बुटवलदेखि सुनौलीसम्मलाई समेटेर महानगर बनाउने प्रस्ताव प्रस्तुत गरेको थिए । सरकार परिवर्तन र केहि दलहरुको संकिर्ण मानसिकताका कारण महानगर बन्न सकेन । बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनमैना, देवदह, ओमसतिया, रोहीणी, शुद्धोधन र सियारी गाउँपालिकालाई समेटेर महानगर विकास परिषद बनाउनेछौं ।