Main Menu
  |   Saturday, November 18, 2017
जिमिरेभार बर्दघाट- बुटवल बस सञ्चालनमा
जिमिरेभार बर्दघाट- बुटवल बस सञ्चालनमा

कावासोती । नवलपरासीको बर्दघाट नगरपालिका ७ जिमिरेभारबाट आजदेखि बुटवलसम्मको बस संचालनमा आएको छ ।उद्योग वाणिजय संघ बर्दघाटको पहलमा पश्चिमाञ्चल बस व्यवसायी संघले जिमिरेभारदेखि बुटवलसम्म दैनिक रुपमा १० वटासम्म बस संचालनमा ल्याएको हो । पश्चिमाञ्चल बस व्यवसायी संघसंगको पटक पटकको छलफलपछि बस संचालन गर्न संघ सहमत भएपछि आजबाट बस संचालनमा ल्याएको उद्योग वाणिज्य संघ बर्दघाटका महासचिव लेखनाथ न्यौपानेले बताउनुभयो ।

विहान ५ः४५ बजेबाट साझ ५ः४५ बजेसम्म जिमिरेभारको मुख्य चोक सुवेदी स्टोर्स अगाडीबाट बस छुट्ने महासचिव न्यौपानेले जानकारी दिनुभयो । ४५ मिनेटको समय अवधिमा बस छुट्ने समेत उहाले बताउनुभयो ।

जिमिरेभार बजार विस्तारको क्रममा रहेको छ । बजार विस्तारसंगै बस्ति समेत बढ्दै गएकोले पनि उद्योगी व्यवसायी र सर्वसाधारणको माग र आवश्यकतालाई मध्यनजर गर्दै बुटवलसम्म डाईरेक्ट चल्ने सवारी संचालनमा ल्याएको उहाले बताउनुभयो । जिमिरेभारबाट बस संचालनमा आएपछि आसपासका ग्रामिण क्षेत्र कुकुरमारा , माकर , वेलानी , पुर्ववास लगाउतका सर्वसाधारण लाभान्वित हुनेछन ।
जिमिरेभारदेखि बुटवलसम्म डाईरेक्ट बस संचालनमा आउने भएपछि जिमिरेभार आसपासका बासिन्दाले खुसी व्यक्त गरेका छन ।
यहाका बासिन्दालाई त्रिवेणीबाट छुट्ने बस कुरेर बर्दघाटसम्म पुगेर बल्ल बुटवल जाने बसमा चढेर जानुपर्ने बाध्यता रहदै आएको छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।