Main Menu
  |   Friday, December 15, 2017
अर्जेन्टिना विश्वकपका लागि छनोट
अर्जेन्टिना विश्वकपका लागि छनोट

काठमाडौं । ईक्वेडरलाई हराउँदै अर्जेन्टिना अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ । ईक्वेडरमा नेपाली समयअनुसार बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले घरेलु टोलीलाई ३–१ ले पाखा लगायो । खेलको पहिलो मिनेटमै ईक्वेडरका रोमारियो ईबाराले गोल गरे पनि अर्जेन्टिनाका लियोनल मेस्सीले ह्याट्रिक गर्दै टोलीलाई विश्वकपमा पुर्‍याएका हुन् ।

बुधबार बिहानका खेलपछि ल्याटिन अमेरिकी समूहबाट सिधै विश्वकपमा छानिने सबै ४ टोलीको टुंगो लागेको छ । यो समूहमा ब्राजिल शीर्ष स्थानमा रहँदा उरुग्वे दोस्रो, अर्जेन्टिना तेस्रो तथा कोलम्बिया चौथो स्थानमा रहँदै रुस विश्वकपमा स्थान बनाउन सफल भए ।

पाँचौ स्थानमा रहेको पेरुले प्ले अफ चरणमा ठाउँ बनाएको छ । पेरुले अब ओसियाना समुहको विजेता टोली न्युजिल्याण्डसँग विश्वकप छनोटका लागि अन्तिम प्ले अफ खेल्नेछ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य : कार्की
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    पहिलो कुरा नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक परिवेशमा राजनीतिक गन्तव्य बदलिएको निश्कर्षसहित आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु ।

  • प्रदेशको राजधानी बुटवल नै हुन्छ : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    विकासका थप नयाँ आयामहरु गर्न बाँकी छ । बुटवललाई अब महानगर बनाउने योजना छ । मैलै सदनमा बजेट प्रस्तुत गर्दा बुटवलदेखि सुनौलीसम्मलाई समेटेर महानगर बनाउने प्रस्ताव प्रस्तुत गरेको थिए । सरकार परिवर्तन र केहि दलहरुको संकिर्ण मानसिकताका कारण महानगर बन्न सकेन । बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनमैना, देवदह, ओमसतिया, रोहीणी, शुद्धोधन र सियारी गाउँपालिकालाई समेटेर महानगर विकास परिषद बनाउनेछौं ।