Main Menu
  |   Friday, June 22, 2018
सरकार विस्तारको गृहकार्य सुरु
सरकार विस्तारको गृहकार्य सुरु

काठमाडौं। सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले सरकार विस्तारको गृहकार्य सुरु गरेको छ । सरकार विस्तारका लागि कांग्रेसको तर्फबाट कार्यदल सदस्य रहेका नेता विमलेन्द्र निधिले माओवादी केन्द्रका अध्यक्ष पुष्पमल दहालसँग आज भेट गरी मन्त्रिपरिषद् विस्तार, निर्वाचन क्षेत्र निर्धारण आयोगलगायतका विषयमा छलफल गरेका छन् । दाहालको निवास लाजिम्पाटमा भएको छलफलमा एक/दुई दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे कुरा भएको नेता निधिले जानकारी दिए ।

त्यस्तै छिट्टै प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नेबारे पनि कुरा भएको छ । मन्त्रालय बाँडफाँटका विषयमा सैद्धान्तिक सहमति भए पनि संख्या र नामको टुंगो लगाउने जिम्मा भने कार्यदललाई दिइएको नीधिले जानकारी दिए ।

दुई दलबीच कांग्रेसले १२ र माओवादी केन्द्रले ८ मन्त्रालय लिने यसअघि सैद्धान्तिक सहमति भए पनि अहिले माओवादीले ९ वटा मन्त्रालय मागिरहेको छ ।

कांग्रेस र माओवादीले २० वटा मन्त्रालयले लिने र बाँकी अन्य दललाई बाँड्ने विषयमा छलफल जारी रहेको बताइएको छ ।

अहिले पनि उर्जा, भौतिक पूर्वाधार, सूचना तथा सञ्चार, कृषि लगायतका मन्त्रालयमा टुंगो लाग्न सकेको छैन । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको एक महिना नाघि सक्दासम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

अहिले आठ सदसीय मन्त्रिपरिषद्मा कांग्रेसका प्रधानमन्त्रीसहित चार, माओवादी केन्द्रका तीन र फोरम लोकतान्त्रिकका एक मन्त्री छन् । अझै २३ वटा मन्त्रालयले नेतृत्व पाउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।