Main Menu
  |   Sunday, June 24, 2018
टाँकुराद्धारा अविनाश आश्रममा सहयोग
टाँकुराद्धारा अविनाश आश्रममा सहयोग

बुटवल । तिलोत्तमा – १ शंकरनगर स्थित टाँकुरा बचत तथा ऋण सहकारी संस्थाले तिलोत्तमा– १५ कोटिहवा स्थित नेपाल अविनाश आश्रमका बालवालिकालाई सहयोग गरेको छ ।सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगत आश्रममा रहेका १७ जना बालवालिकालाई नगद ५ हजार तथा जिन्सी सामाग्री प्रदान गरेको हो ।

बालवालिकालाई अध्ययनमा मद्धत होस् भन्ने उद्धेश्यले उक्त सहयोग प्रदान गरिएको सहकारीका अध्यक्ष रमेश ज्ञवालीले बताउनु भयो ।
उक्त सामाग्री आश्रमका अध्यक्ष कृष्ण ज्ञवालीलाई हस्तारण गरिएको थियो । साथै सोही अवसरमा एक जना विद्यार्थीलाई न्यू लाइट कलेजमा निःशुल्क उच्च शिक्षा अध्ययनको लागि सहकारीले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरिएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा आश्रमका अध्यक्ष कृष्ण ज्ञवाली, सहकारीका अध्यक्ष रमेश ज्ञवाली, सचिव राजेन्द्र कुँवर लगाएतले बोल्दै अविभावक विहीन बालवालिकालाई सवैले सहयोग गरेमा देशका लागि चाहिने दक्ष जनशत्ति उत्पादन गर्न सकिने बताउनु भएको थियो । विं.सं. २०६२ सालमा स्थापित आश्रममा हाल ५ देखी २२ वर्ष उमेर समुहका बालवालिका तथा युवा आश्रित छन् । उनीहरुले आश्रममा प्राप्त भएको सहयोगबाट नै अध्ययन गर्दै आएका छन् ।आश्रममा आश्रितहरुलाई जिन्सी सामाग्री उपलब्ध गराए बढी प्रभावकारी हुने आश्रमका अध्यक्ष ज्ञवालीको भनाई छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।