Main Menu
  |   Saturday, December 15, 2018
उहिलेका पालामा यसरी खिचिन्थ्यो फोटो
उहिलेका पालामा यसरी खिचिन्थ्यो फोटो

Photo : cdn.tutsplus.com

काठमाडौं । पहिला–पहिला मानिसहरु कुनै व्यक्तिको तस्वीर उतार्नुपर्‍यो भने हातैलै उसको आकृति कागज वा कपडामा उतार्थे । यसमा जुन व्यक्तिको चित्र तयार पार्नुपर्ने हो, त्यो व्यक्ति कलाकारको अगाडि घन्टौंसम्म पनि एउटै मुद्रामा बसिरहनुपथ्र्यो । उक्त कार्य कठिनमात्र नभएर झर्कोलाग्दो पनि हुन्थ्यो । यसरी बनाइएको आकृतिमा लियोनार्दो द भिन्सीले बनाएको मोनालिसाको तस्वीर विश्व प्रख्यात छ ।

तर, जब समय बित्दै गयो, मानिसहरुले प्रकृतिमा घटेका सुक्ष्म घटनालाई पनि गहन अध्ययन गर्दै त्यसको विश्लेषण गर्न थाले । एघारौं शताब्दीताका मानिसले यदि कुनै अँध्यारो कोठामा एउटा सानो छिद्रबाट मात्र प्रकाशलाई भित्र छिर्न दिइयो भने त्यो प्रकाश परेको अर्को भित्तामा बाहिरको हल्का दृश्य देखिन्छ भन्ने कुरा थाहा पाए । त्यस्तो कोठाजस्तो उपकरणलाई क्यामेरा ‘अब्सक्युरा’ भनिन्थ्यो ।

त्यसपछिका वर्षहरुमा त्यसमा पोख्त व्यक्तिहरुले एउटामात्र प्वाल भएको बक्स क्यामेरा अब्सक्युराको ढाँचामा निर्माण गरे । उनीहरुले खाली प्वालको साटो लेन्स प्रयोग गरे । जसले गर्दा चित्र स्पष्ट देखिन्थ्यो । तर, यस उपकरणको सहायताले तयार पारिएको आकृतिलाई पछिसम्म राख्न सकिँदैनथ्यो ।

सन् १७२७ मा प्रख्यात वैज्ञानिक जोहान हेलरिक स्कुल्जले एउटा नौलो तथ्य पत्ता लगाए । परीक्षणमा उनले चक, चाँदी र नाइट्रिक एसिड मिसाएर राखेको सिसीको मिश्रण प्रकाशको सम्पर्कमा आउँदा कालो भएको पाए । त्यस्तै, सन् १८२६ मा अर्का वैज्ञानिक जोसेफ नाइसफोर निप्सेले एउटा कागजलाई प्रकाश संवेदनशील रसायनमा डुबाएर क्यामेरा अब्सक्युरा अर्थात् अँध्यारो बक्सभित्र राखेर उक्त उपकरणलाई झ्यालमा राखे । त्यसको परिणामस्वरुप उनले उक्त कागजमा झ्यालबाहिरको दृश्यको हल्का आकृति उत्रिएको पाए । त्यो आकृति सम्भवतः विश्वकै पहिलो सुरक्षित ‘फोटोग्राफिक’ आकृति थियो ।

निप्सेले गरेको महान् उपलब्धिको एउटा नराम्रो पक्ष भनेको उनको फोटो नेगेटिभ हुनु हो । अर्थात् आकृतिमा भएको सबै सेतो कालो तथा सबै कालो सेतो हुने गथ्र्यो । त्यसपछि लुइस ड्यागुइरेले निप्सेको फोटोको कालो भाग सेतो र सेतो भाग कालो अर्थात् पोजेटिभ आकृति बनाउन सफल भए । तर, जब उनले त्यो फोटो प्रकाशमा ल्याएर हेर्थे एकछिनपछि उक्त आकृति कालो हुँदै जान्थ्यो । लगातार परीक्षण गर्दै जाँदा सन् १८३७ मा उक्त बनेको आकृतिलाई बिग्रन नदिन ‘पिक्सर’ भन्ने रासायनिक संयन्त्र पत्ता लगाए । त्यो प्रविधिबाट बनेको फोटो आकृतिलाई ‘ग्यागुइरियो टाइप’ भनिन्थ्यो ।

१९ औं शताब्दीको आगमनसँगै फोटोग्राफीमा नौला–नौला प्रयोग परीक्षणहरु भए । यसको सुरुताका सिसाको पातलो पत्तामा प्रकाश सम्वेदनशील रसायनको लेप लाएर सफा, स्पष्ट, र पोजेटिभ आकृति बनाइन्थ्यो । यसैक्रममा सन् १८७० मा जर्ज इस्टम्यानले कागजमा रसायनको लेप लगाएर बेर्दै तस्वीर लिन मिल्ने फिल्म तयार गरेर सिसाको पत्तामा आकृति बनाउने पद्धतिलाई पछि धकेलिदिए ।

त्यसपछि सन् १८८८ मा इस्टम्यानले पहिलो आधुनिक, हल्का र सजिलै बोकेर हिँड्न मिल्ने कोडाक क्यामेरा बनाए । २०औं शताब्दीमा आएर क्यामेराको ठूलो विकास र प्राविधिक उन्नति भयो । २०औं शताब्दीमा रंगीन फोटोको निर्माणका लागि फोटोग्राफिक फिल्ममा रसायनहरुको विभिन्न तह राखिएका हुन्छन् । जुन छुट्टाछुट्टै रुपमा रातो हरियो र नीलो रंगप्रति संवेदनशील हुन्छन् । त्यसले गर्दा सबै रंगका तस्वीरहरु बन्न सक्छन् ।

तर, हिजोआज जति पनि फोटोसम्बन्धी प्रविधिहरु छन्, ती सबैको सैद्धान्तिक आधार एउटै छ, त्यो हो निप्सेले बनाएको पहिलो फोटोग्राफिक आकृति । फोटोग्राफी भन्नाले कुनै वस्तुको आकृति क्यामेराको सहायताले फिल्म वा त्यस्तै मिल्दो वस्तुमा उतार्नु बुझिन्छ । फिल्मलाई प्रकाश संवेदनशील रसायनद्धारा लेपन गरिएको हुन्छ । जुन विशेष गरी चाँदीको लवण हुन्छ । जस्तै ‘सिल्भर ब्रोमाइड’ ।

क्यामेराको लेन्सबाट भित्र पसेको प्रकाशले फिल्ममा भएको सिल्भर ब्रोमाइडको सुक्ष्मदानामा उत्तेजना पैदा गर्दछ । जसको मात्रा त्यसमा परेको प्रकाशमा निर्भर गर्दछ । ‘डेभलपिङ’ गर्दा उत्तेजित दानाहरु कालो रंगमा परिणत हुन्छन् । त्यसैले प्रकाश बढी परेको भाग कालो देखिन्छ । सिल्भर ब्रोमाइड प्रकाशतिर संवेदनशील भएकोले बाँकी उत्तेजित नभएका सुक्ष्मदानाहरुलार्ई हटाउनुपर्छ नभए पूरै फिल्म नेगेटिभ कालो हुन जान्छ ।

त्यसैले यी दानाहरुलाई अझ बिग्रन नदिन ‘सोडियम थायोसल्फेट’को कडा घोलमा फिल्मलाई धोइन्छ । यस प्रक्रियालाई ‘फिक्सिङ’ भनिन्छ । जसको फलस्वरुप नेगेटिभ बन्दछ । यसबाट पोजेटिभ आकृति बनाउनका लागि नेगेटिभलाई प्रकाश संवेदनशील कागजको माथि राखि प्रकाशको कडा पुञ्ज पारिन्छ र नेगेटिभ जसरी नै ‘प्रोसेसिङ’ गरिन्छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।