Main Menu
  |   Sunday, September 24, 2017
अदुवाले बजार भाउ पाएन
अदुवाले बजार भाउ पाएन

कावासोती । वर्षैंदेखि व्यवसायिक अदुवा खेति गर्दै आएका नवलपरासीका किसानहरु अदुवाको उचित मुल्य नपाउंदा चिन्तित बनेका छन् ।
दुई वर्षदेखि यता उत्पादित उदुवाको उचित मुल्य नपाउँदा चिन्तित बनेका कृषकहरु अदुवालाई साेंठ बनाएर स्थानिय बजारहरुमा सस्तो दरमा विक्रि वितरण गर्न बाध्य बनेका छन् ।

नवलपरासीमा व्यवसायिक अदुवा खेती गर्दै आएका ५ हजार घरधुरीका किसानहरु यतिबेला स्थानिय बजारमा अदुवाप्रति धर्नी ३५ देखि ५० रुपियामा विक्री गर्दै आएका छन् भने सोंठी प्रति धर्नी करिब २ सय ५० रुपिया सम्ममा विक्री गर्न बाध्य भएका छन् । यस्तै गत वर्ष पनि कृषकहरु अदुवा र सोठीको भाउ नपाई अदुवा प्रति धर्नी ५० देखि सय र साेंठी प्रति धर्नी २ सय ५० देखि ४ सय रुपिया सम्म विक्री गरेका थिए ।
यता दुई वर्षदेखि कृषकहरु अदुवा र सोठीको उचित मुल्य नपाउँदा अदुवालाई पोलेर सेतो र कालो सोंठी बनाई घरमै थन्काएको अवस्था छ ।
गतवर्ष आन्दोलनको क्रममा भएको ५ महिने नाकाबन्दीबाट भारतले नेपाली अदुवा र सोठी किन्न छाडेपछि यहाँका किासनहरु मर्कामा परेको बताए ।

विगतका वर्षहरुमा अदुवा र सोठीको व्यपार भारतीय बजारमा हुने गर्दथ्यो जहाँ अदुवा प्रति धर्नी २ सय ५० र सोठी प्रति धर्नी १ हजार २ सय सम्मा विक्री भई राम्रो फाईदा हुने गर्दथ्यो तर अहिले दुवैको भारतीय बजारमा लान नपाउने र नेपाली बजारमा भाउ नपाएपछि हामी किसानहरु मर्कामा परेको अदुवा प्रवद्धर्न समितिका कोषाध्यक्ष भुपाल लुंगेलीले दुखेसो पोखे ।अदुवालाई पोलेर बनाइएको सोठीलाई एक वर्षभन्दा बढि समय राख्न नसक्ने भएपछि किसानहरु बाध्य भएर स्थानिय बुटवल, नारायणघाट, दलदले, कावासोती, चोरमारा लगायतका क्षेत्रमा सस्तोमा अदुवा र सोठी विक्री गरिरहेका छन् ।

जिल्लाको पहाडी क्षेत्रका रतनपुर, कोटथर, डाँडाझेरी, बुलिङटार, अर्खला, जौवारी, भारतीपुर, मिथुकरम, रुचाङ, रकुवा, नरम, डेढगाउँ, धौवादी, मैनाघाट, हुप्सेकोट, राकाचुली, धुर्कोट, वेणिमणिपुर, देउराली लगायतका २२ वटा साविकको गाविसहरुमा करिब १ हजार ३ सय १० हेक्टेयर क्षेत्रफलमा व्यवसायिक अदुवा खेती हुँदै आएको छ ।

उक्त खेतीबाट १३ हजार ३ सय ३६ मेटिक टन अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहाडी क्षेत्रका किसानहरुका लागि अदुवा मुख्य नगद बाली हो । अदुवाको खेती फागुन र चैत्र महिनामा हुने गर्दछ । ९ महिनामा तयार हुने अदुवा पुष र माघ महिनामा अदुवा खन्ने कार्य हुन्छ । उत्पादित अदुवाको ७५ प्रतिशत अदुवालाई किसानहरु सोठी बनाई विक्री गर्दछ । अदुवा खेती नगद र राम्रो उत्पादन रहेको हुनाले जिल्लाका करिब ५ हजार घरधुरी परिवार यस खेतीमा निरर्भर छन् । पहाडी क्षेत्रको मुख्य बालीको रुपमा रहेको अदुवा खेतीको बजारीकरणको सहज र उपयुक्त वातावरण बनाई यस खेतीको उत्पादनमा बृद्धिका लागि कृषि कार्यालयले प्राविधिक प्रामर्श, तालिम, गोष्ठी र उन्नत विउविजन उपलब्ध गराउन सके अदुवाबाट राम्रो आम्दानी गर्न सकिने अदुवा कृषकहरुको भनाई छ । जिल्लाको हाईवेबाट ५० किलो मिटर भन्दा टाढा रहेको पहाडी क्षेत्रमा पुग्न एक दिन लाग्ने गर्दछ । वर्षायाममा बाटा हिलो भएर त्यस क्षेत्रमा पुग्न सकिदैन । बाटो वर्षाभरि बन्द रहन्छ ।
साविक का ति पहाडी गाविसहरु हाल बुलिङ्गटार, बुंिग्दकाली र हुप्सेकोटा गाउँपाकिलामा गाभिएका छन् ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।