Main Menu
  |   Sunday, June 24, 2018
खोटो विक्रीबाट मोटरबाटो पुगेपछी
खोटो विक्रीबाट मोटरबाटो पुगेपछी

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ६ को विकट बस्ती भनेर चिनिने जुखुदीँमा खोटो विक्रीबाट विकासका काम गर्न निकै सजिलो भएको छ । ढुंगैढुंगा भएको जुखुदीमा साविकको गाविसबाट छुट्टाएको बजेटले मोटरबाटो खन्न सधै बजेटको अभाव भईरहयो ।

यहाँको जुखुदी सलेन्धारा दह सामुदायिक वनमा खोेटो निकाल्न लागेको ६ वर्ष भयो, वनका उपभोक्ता समितीका अध्यक्ष वुद्धिबहादुर विकले भने । यस वर्ष १००० टिन खोटो संकलन भएको छ । यस वर्ष करिव १००० टिन उत्पादन भयो, १ टिनमा १८ किलो हुन्छ, प्रतीकीलाको १२ रुपैयाँमा विक्री हुन्छ, विक भन्छन खोटो संकलनले यहाँको विकासमा निकै सहज भएको छ ।

गतवर्ष प्रतिकिलो ९ रुपैयाँमा विक्री भएको थियो, अहिले ३ रुपैयाँ बढेर १२ मा विक्री भएको हो, अहिले खोटो विक्रीबाट करिव २ लाख २० हजार आम्दानी हुन्छ, ५ वर्षसम्म प्रतिकिलो ९ रुपैयाँमा विक्री भएको थियो । यहाँको वनमा खोटो निकाल्न लागेको ६ वर्ष भयो, वर्षभर संकलन भएको खोटो हिउँदमा लैजान्छन विकले भने । खोटो लैजानका लागी गाडी संकलन भएककै ठाउँमा पुग्न लाग्यो, सुरुमा टिन बोकेर गाडीसम्म लैजानुपर्दथ्यो, गतवर्षदेखी खोटो विक्री गरेकै पैसाले मोटरबाटो खनेर खोटो संकलन हुने ठाउँमा नै ट्याक्टर आउँन लाग्यो उनले भने ।

यहाँ खोटोबाट संकलन भएको पैसाले विकास निमार्णका काम, शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा खर्च भएको छ, गतवर्ष खोटोबाट भएको आम्दानी २ लाखले मोटरबाटो सँगसँगै विद्युतको पोल तान्नका लागी ज्यालादार खर्च तथा यहाँको विकासका लागी नै खर्च भएको छ ।

यहाँ जुखुदीकै एकजना सुपरभाईजर कम्पनील नैे खटाएको छ, हप्ताको एकपटक बनमा डुलेर नम्बर लगाएँने काम गर्छन टेकबहादुर सुर्यवंशीले । उनले खोटो विक्रीबाट रोजगार पनि पाएका छन । एक वर्षमा एक बोटबाट करिव १ टिन खोटो निस्कन्छ, एक हप्तामा एक सोली खोटो जम्मा हुन्छ । सुपरभाईजर सुर्यवंशीले भने ।

धातिवाङ्गको अपाई क्षेत्र पर्ने भएकाले यहाँ विकास हुन सकेको थिएन, खोटो संकलन सँगै विकासका कामहरु पनी भएका छन वन उपभोक्ता समितीका अध्यक्ष तथा स्थानिय नेता समेत रहेका विकले भने ।
जिल्ला वन कार्यालय अर्घाखाँचीका प्रमुख दिपक ज्ञवाली भन्छन्, जिल्लाभरमा ४३८ वटा सामुदायिक वन रहेका छन, २२ वटा सामुदायिक वनबाट खोटो संकलन भईरहेको छ, सामुदायिक वनले मात्र खोटो संकलन गरी विक्री गर्न पाउँछन ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।