Main Menu
  |   Wednesday, February 21, 2018
सन्धिखर्क नगरपालिका कार्यालयमा सिसिटिभि क्यामरा जडान
सन्धिखर्क नगरपालिका कार्यालयमा सिसिटिभि क्यामरा जडान

अर्घाखाँची । जिल्लाको सदरमुकाममा अवस्थीत सन्धिखर्क नगरपालिका कार्यालयमा सिसिटिभी क्यामराको जडान गरीएको छ ।
कार्यालयको प्रत्येक कोठाहरुमा कहाँ के भएको छ र कार्यालय वरिपरिको वातावरण प्रस्ट देखिने गरी जडान गरिएको सिसिटिभि क्यामरा नगरप्रमुख कमलप्रसाद भुसालले आज उद्घाटन गरेका हुन् ।

उदघाटन कार्यक्रममा नगरप्रमुख भुसालले नगरपालिका भित्र तुरुस्त जनताको काम गर्न कर्मचारी हरुलाई निर्देशन दिए । उनले विकास निर्माणले नगरभित्र गति लिन लागेको बताउदै नगरपालिकालाई नमुना नगर बनाउन लागि परेको बताए ।

उनले भष्टचार मुक्त र जनतामुखी नगरपालिका बनाउनका लागि पनी क्यामरा जडानले सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । कार्यक्रममा नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विक, पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जिसी लगायतले मन्तव्य राखेका थिए ।
घनश्याम पौडेल पाैडेलकाे सहयाेगमा

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।

  • जेसिज एउटा अभियान हो : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / शनिबार, ८ पुस ।

    जेसिज आफैमा एउटा नेत्तृत्वविकास गर्न सिकाउने पाठशाला हो । यहाँबाट कसले कति फाइदा लिन सक्ने भन्ने आफैमा भर पर्छ । जेसिज भनेको एउटा समुन्द्र हो यसमा डुबेर कसैले मोति लिएर फर्कन्छ कसैले संखेकिरा यो आफनो इच्छा शक्तिमा भर पर्छ । कुसल नेत्तृत्वले आफनो क्षमता देखाएर समाज नेत्तृत्व गर्नसक्ने अवसरलाई लिन सक्नु नै मुख्य चुनौति हुनेछ ।