Main Menu
  |   Saturday, November 18, 2017
एनआईसी एशिया बैंक २० अौं वर्षमा
एनआईसी एशिया बैंक २० अौं वर्षमा

बुटवल । एनआईसी एशिया बैंक लिमिटेड आफ्नो स्थापनाको २० अौं वर्षमा प्रवेश गरेका छ । १९ वर्षअघि मोरङको विराटनगरमा रजिष्टर्ड कार्यालयको स्थापना गरी २०५५-०४-०५ गते एक क्षेत्रिय बैंकको रुपमा नेपाल ईण्डष्ट्रियल एण्ड कर्मसियल बैंक लि. को रुपमा सेवाप्रारम्भ गरेको थियो । तत्कालीन बैंक अफएशिया नेपाललाई आफूसँग गाभेर एनआईसी एशिया बैंक लिमिटेडको नामबाट २०७० अषाढ १६ गते देखि कारोवार गदै आएकोछ ।

बैंक पनि साथि पनि भन्ने श्लोगनका साथ अघि बढीरहेको बैंकले नेपालको ग्रामिण तथा दुर्गम क्षेत्रहरुमा समेत आफ्नो सशक्त पहुँच अभिवृद्धि गर्दै मुलुकभर ११९ वटा शाखा, ४ विस्तारित काउण्टर, ७० एटीएम तथा ४ हजार रेमिट्यान्स काउण्टरहरु लगायतका सञ्जालमार्फत आफ्ना सेवाहरु प्रदानगरिरहेको बैंले जनाएकोछ ।

आगामाी दिनमा सर्वसाधारणको वित्तीय पहुँचलाई थप सशक्तिकरण अभिप्रायले बैंकले चालु आर्थिक वर्षभित्र शाखा संख्या २ सय , एटीएम संख्या ४ सय, शाखारहित बंैकिङ्ग सेवा २ सय, एयक् संख्या २ हजार तथा रेमिट्यान्स एजेन्ट संख्या १० हजार भन्दाबढी कायम गर्ने लक्ष्य लिएकोछ ।

बैंकले आफ्नो व्यवसायविविधिकरण गर्ने उद्देश्यले बचत खाता, खुद्राकर्जा तथा साना–मझौला व्यवसायिक कर्जा विस्तारमा विषेश रणनीति लिएको छ । इन्टरनेटको माध्यमबाट कर्जा योग्यता हेर्न मिल्ने तथा कर्जा स्वीकृतीको प्रक्रियाबारे जानकारी लिन सकिने सुविधा नेपालमा नै पहिलो पटक यस बैंकले उपलब्ध गराइसकेको छ ।

विद्युतीय बैंकिङ (Digital Banking) लाई अझै शसक्त तथा प्रभावकारी रुपमा अघि बढाउँदै आफ्ना ग्राहकहरुलाई नविनतम् सुविधाहरु प्रदानगर्न बैंक कटिबद्ध रहेको बताएकोछ । Online ASBA प्रणाली मार्फत शेयर आवेदन भर्न सकिने र Online मार्फत खाता खोल्न सकिने सुविधा तथा छिटोछरितो कर्जा स्वीकृतीको लागि Score Card Model लागु गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको बैकले जनाएको छ ।

क्षेत्रिय कार्यालय लुम्बीनीका प्रमुख तिलक सुन्दर कार्कीका अनुसार बिसौं वर्षमाप्रवेश गरेको उपलक्ष्यमा निक्षेप तथा कर्जा तर्फ विशेष सेवाहरु चाँडै नै ग्राहकवर्ग समक्षल्याउने तयारी समेत भैरहेको छ। ।

क्षेत्रिय कार्यालयमा पत्रकार सम्मेलन गदै कार्कीले भन्नुभयो “संंस्थागत सामाजिक उत्तरदायित्वतर्फ बैंकको लक्षित क्षेत्रहरु वातावरण, स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता एवम् वित्तीय समावेशीकरण र खेलकुद क्षेत्रमा आफ्नो योगदान अझै शसक्तबनाउन बैंक कटिबद्ध रहेको छ ।”

हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ७९ करोड रहेकोमा गतसालको नाफाबाट बोनसशेयर बितरण गरी ताकिएको ८ अर्ब पुँजी पुुरउन लागेको बैंकले लुम्बीनी अञ्चलमा मात्र आगामी बर्ष थप २४ शाखा थप्ने योजना अगाडी सारेको क्षेत्रीय प्रमुख कार्कीले बताउनुभयो । हाल लुम्वीनी अञ्चलमा १३ शाखा सन्चालनमा रहेकाछन ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।