Main Menu
  |   Friday, December 15, 2017
यसरी मनाइयो बुद्ध जयन्ती एवम लुम्बिनी दिवस
यसरी मनाइयो बुद्ध जयन्ती एवम लुम्बिनी दिवस

लुम्बिनी । यही बैशाख १२ गते नेपालमा आएको प्रलयकारी महाभुकम्पमा परी ज्यान गुमाएकाहरुको चिरशान्ति तथा घाईतेहरुको शिघ्र स्वाथ्य लाभको कामना गर्दै २५५९ औं बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस–२०७२ भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा मनाईएको छ ।

विगतका बर्षहरुमा निकै तामझाम साथ मनाईदै आई रहेको बुद्ध जयन्ती एवम लुम्बिनी दिवस यस पटक भने कुनै पनि राजनैतिक व्याक्तिको सम्बोधन तथा तामझाम बिनै महापरित्राण, प्राणीधान पाठ एवम २५५९ वटा दिप प्रज्वलन गरि मनाईएको छ ।

भुकम्पमा परि ज्यान गुमाएका प्रति श्रद्धान्जली तथा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्र्दै लुम्बिनीमा भेला भएका भिक्षु, भिक्षुणी, लामागुरु तथा आनीहरुबाट महापरित्राण एवम् प्राणीधान पाठ, ध्यान तथा दिप प्रज्वलन तथा शान्ति पदयात्राको आयोजना गरि मनाईएको लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले जानकारी दिए ।
उनले बुद्ध जयन्ती एवम लुम्बिनी दिवसका लागि सरकारले विनीयोजन गरेको बजेट भुकम्प पिडीतको उद्धार कार्यमा लगाउने निर्णय भएको समेत बताए ।

सरकारले बुद्ध जयन्ती मनाउनका लागि झण्डै ४० लाख रुपैया बिनियोजन गरेको र त्यस मध्य बुद्ध जयन्ती मनाउदा लागेको ३÷४ लाख खर्च घटाएर रहेको सम्पुर्ण रकम भूकमप प्रभावितको राहत तथा उद्धारमा लगाउने उनको भनाई छ ।

बुद्ध जन्मस्थल लुम्बिनीको अखण्ड शान्ति दीपमा भेला भई शान्ति दीप प्रज्वलन गरे संगै शुरु भएको बुद्ध जयन्ती शान्ति दीपबाट पदयात्रा गर्दै मायादेवी मन्दिरमा पुगी २५५९ वटा दीप प्रज्वलन गरेपछि औपचारिक रुपमा समापन भएको थियो ।

बुद्धजन्मस्थल लुम्बिीनीमा पदयात्रा साथै सामुहिक ध्यान गरिएको छ । सो अवसरमा विभिन्न देशका भिक्षु, भिक्षुणी, लामा गुरु, आनी, स्थानिय उद्योगी, व्यावसायी, तथा सर्वसाधरणको सहभागिता थियो ।

यस्तै, महाभुकम्पबाट ज्यान गुमाएकाहरुको चिरशान्तिको कामना साथै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै आज नवलपरासीमा बुद्ध पनि जयन्ती मनाइएको छ ।

बुद्ध जयन्ती तथा बुद्ध पुर्णिमाको अवसरमा बुद्ध प्रार्थना साथै दीप प्रज्वलन गरिएको हो । दिगो पर्यटन विकास समिति र उद्योग बाणिज्य संघ नवलपरासी सहित दर्जनौ संघ संस्थाको आयोजनामा रामग्राम स्तुपमा २५ ५९ औं बुद्ध जयन्तीको अवसरमा भुकम्पबाट ज्यान गुमाएकाहरुको स्मृती र घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै बुद्ध पा्रर्थना साथै दीप प्रज्वलन गरिएको हो । रामग्राम स्तुप भगवान गौत्तम बुद्धको अष्ठधातु रहेको स्थल मानिन्छ ।

त्यसैगरी आज नवलपरासीको कावासोती ३ शान्ति चोकको बौद्ध गुम्बा, पिठौलीको बौद्ध गुम्बा, कावासोतीको टरुवामा रहेको गुम्बा, मिलन घरमा रहेको बौद्धगुम्बा र कावासोती फलफूल चोकमा रहेको गुम्बा लगायतका गुम्बाहरु शान्तिदीप बालिएको छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य : कार्की
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    पहिलो कुरा नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक परिवेशमा राजनीतिक गन्तव्य बदलिएको निश्कर्षसहित आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु ।

  • प्रदेशको राजधानी बुटवल नै हुन्छ : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    विकासका थप नयाँ आयामहरु गर्न बाँकी छ । बुटवललाई अब महानगर बनाउने योजना छ । मैलै सदनमा बजेट प्रस्तुत गर्दा बुटवलदेखि सुनौलीसम्मलाई समेटेर महानगर बनाउने प्रस्ताव प्रस्तुत गरेको थिए । सरकार परिवर्तन र केहि दलहरुको संकिर्ण मानसिकताका कारण महानगर बन्न सकेन । बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनमैना, देवदह, ओमसतिया, रोहीणी, शुद्धोधन र सियारी गाउँपालिकालाई समेटेर महानगर विकास परिषद बनाउनेछौं ।