Main Menu
  |   Friday, October 20, 2017
नेपाल र भारतबीच बुद्धिष्ट सर्किट जोड्ने सहमति
नेपाल र भारतबीच बुद्धिष्ट सर्किट जोड्ने सहमति

बुटवल । नेपाल र भारत सरकारवीच नेपालमा राष्ट्रिय स्तरमा बुद्ध पर्यटकीय सर्किट बनाउने र भारतको राष्ट्रिय बुद्ध पर्यटकीय सर्किटसँग जोड्ने सहमति भएको छ । त्यसैगरि काठमाडौं, जनकपुर, मुक्तिनाथ लगायतका हिन्दु पर्यटकीय स्थललाई समेटेर राष्ट्रिय हिन्दु पर्यटकीय सर्किट बनाई भारतको गया, काशी लगायतका राष्ट्रिय हिन्दु पर्यटकीय सर्किटसँग जोड्ने सहमति पनि भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा दुईदेशका प्रधानमन्त्रीवीच भएको सम्झौता बमोजिम पर्यटन प्रबद्र्धनको योजना कार्यान्वयनको क्रममा उक्त सहमति भएको हो । संयुक्त कार्यदलको दिल्लीमा यही फेब्रुअरी २० मा सम्पन्न छलफलपछि सहमति पत्रमा हस्ताक्षर भएको छ । नेपालको तर्फबाट संस्कृत तथा पर्यटन मन्त्रालयका सहसचिव उमाकान्त पराजुलीले हस्ताक्षर गरेका छन् । १३ सदस्यीय नेपाली प्रतिनिधी मण्डलमा गृह र परराष्ट्र मन्त्रालयका अधिकारीका साथै लुम्विनी विकास कोष, होटल संघ, पर्यटन बोर्ड र पर्वतारोहण संघका पदाधिकारी पनि संलग्न भएको कोषका सदस्य सचिव अजितमान तामाङले बताए ।

टोली सोमबार स्वदेश फर्केको हो । दुई मुलुकवीच पर्यटन प्रबद्र्धनका लागी संयन्त्र बनाउने, पर्यटकको सुरक्षा बढाउने र वेलहिया–सुनौली नाकाको अध्यागमन कार्यालयको स्तरवृद्धि गर्ने सहमति पनि भएको छ ।

नेपालको राष्ट्रिय बुद्धिष्ट सर्किटमा लुम्विनीलाई नाभी मानेर तिलौराकोट, रामग्राम, गोटीहवा, निग्लीहवा, नमोबुद्ध, हलेसि, बौद्धनाथ, स्वयम्भु आदि समावेश गर्न सकिने तामाङ्को भनाई छ । भारतले बोधगयालाई नाभी मानेर सारनाथ, कुसीनगर, श्रावस्ती आदि स्थललाई जोडेर ७ सय किलोमिटरको राष्ट्रिय बुद्ध सर्किट संचालन गरेको छ ।

यसैवीच सरकारले बुद्धको जिवनीसँग सम्वन्धित रुपन्देही, कपिलवस्तु र नवलपरासीका स्थलहरुलाई जोडेर ग्रेटर लुम्विनी बुद्धिष्ट पर्यटकीय सर्किट गुरुयोजना तयार गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले तयार गरेको उक्त योजनामा लुम्विनी विकास कोष र पर्यटनबोर्ड लगायतका सरोकारवालाहरुको सहमति जुटाउन सोमबार प्रकृया अघि बढेको गुरुयोजना निर्माण समूहका संयोजक रामचन्द्र सेढाईले बताए ।

विश्व शान्तिको मुहानस्थल लुम्विनीलाई अन्तराष्ट्रिय पर्यटनको केन्द्र भाग हव बनाउने लक्ष्यका साथ उक्त गुरुयोजना बनाइएको हो । एशियाली विकास बैंक एडिवीको दक्षिण एशियाली पर्यटन पूर्वाधार परियोजना अन्तर्गत उक्त काम भएको हो । यसै अन्तर्गत भैरहवामा निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थल संचालनमा टेवा पु¥याउने उद्धेश्य पनि हो ।

कुल एकसय ५८ किमीको उक्त सर्किटमा बुद्ध जन्मस्थल लुम्विनीलाई नाभी मानेर उपसर्किटहरु बनाइएको छ । आध्यात्मिक, सांस्कृतिक, प्राकृतिक र मनोरञ्जनात्मक स्थल छनोट गरी समावेश गरिएको छ । रुपन्देहीमा लुम्विनी भित्रका सम्पदाका अतिरिक्त विभिन्न थारु गाउँ, गैडाहवा र गजेडी ताल आदि समावेश छन् । कपिलवस्तुमा तिलौराकोट, कुदान, गोटिहवा, जगदिशपुर ताल, तौलेश्वरनाथ महादेव मन्दिर आदि समावेश छन् । नवलपरासीमा मावली तथा ससुराली गाउँ देवदह अन्तर्गतको पण्डितपुर, खयरडाँडा, माथागढी र रामग्राम आदि समावेश छन् । वेलहिया देखि बुटवल र तानसेन सम्मको हालको शहरी क्षेत्रलाई सभा, सम्मेलन, आवास र मनोरञ्जन स्थलका रुपमा छुट्याइएको छ । यो क्षेत्रमा होटल, क्यासिनो, सभाहल आदि पूर्वाधार विकास गरिने छ ।

सर्किटमा पाल्पा, गुल्मी र अर्घाखाँची पहाडी जिल्लालाई पनि समेटिएको छ । तानसेन, श्रीनगर, रिडी, रेसुङ्गा, पणेना आदि स्थानलाई महत्व दिइएको छ । पदयात्रा, स्वीमिङ, वोटिङ, होमस्टे, वन्जीजम्प आदि प्राकृतिक रसपान तथा मनोरञ्जनमूलक कार्यक्रमको लागी पहाडी क्षेत्रलाई रोजीएको छ ।

सर्किट सफल पार्न सम्पदाको प्रबद्र्धन, सडक र विमानस्थलको आन्तरिक र वाह्य पहुँच विस्तार, बजारीकरण, वेलहिया नाकाको स्तरवृद्धि, कपिलवस्तुको चाकरचौडा र खुनुवा नाका खुलाउने, यात्रा र आवासिय पूर्वाधार विस्तार, मानव संसाधन विकास कार्यक्रम समावेश छन् । सिप विकासका लागी लुम्विनीमा तिनहजार क्षमताको तालिम केन्द्र प्रस्तावित छ । केन्द्रिय र क्षेत्रिय स्तरमा ग्रेटर लुम्विनी समन्वय समिति एवं लुम्विनी विकास कोषमा पनि अलग्गै ईकाईको स्थापना गरिने छ ।

लामोदुरीका यूरोप र अमेरिकी मुलुकका अहिलेको पाँच प्रतिशत पर्यटक संख्यालाई पाँच वर्ष भित्रमा बढाएर १५ प्रतिशत पु¥याइने छ । मध्यदुरीका जापान, कोरिया, चिन आदि मुलुकका २७ प्रतिशत पर्यटकलाई बढाएर ४७ प्रतिशत पु¥याउने लक्ष्य छ । भारत, श्रीलंका आदि छोटो दुरीका पर्यटक पनि बढ्नेछन् । लुम्विनी क्षेत्रको प्रवद्र्धनको लागी अलग्गै प्याकेज योजना बनाउने काम पनि हुँदैछ । यो सर्किटलाई भारतीय बुद्ध सर्किटमा समावेश गर्ने कार्यक्रम छ ।

ग्रेटर लुम्विनीको गुरुयोजनासँगै यस क्षेत्रमा उत्खनन्का काम पनि तिव्र गतिमा भईरहेका छन् । पुरातत्व विभागले वेलायतको दुरहाम विश्वविद्यालयका प्राध्यापक समेतको संलग्नतामा अहिले कपिलवस्तुका विभिन्न स्थानमा उत्खनन्को काम गरिरहेको छ । यस अघि लुम्विनी र देवदहको खोजी गर्न नवलपरासीको पण्डितपुरमा उत्खनन् गरिएको थियो । उत्खनन्बाट यो क्षेत्रमा बुद्धकालभन्दा अघिका मानव अवशेषहरु पाइएको वरिष्ठ पुरातत्वविद तारानन्द मिश्रले बताएका छन् । उत्खनन्को क्रममा गरिएको एक अध्ययनले तिलौराकोटमा आउने विदेशी पर्यटकहरु वढीमा आधाघण्टा मात्र बस्ने गरेको देखाएको छ । उनीहरुले गर्ने खर्च पनि निकै कम देखिएको छ । त्यो रिपोर्टमा तिलौराकोटको दुरावस्था प्रति पर्यटकहरु चिन्ता प्रकट गरेको पनि उल्लेख छ । लुम्विनी क्षेत्रमा पनि पर्यटकको बसाई अवधि निकै छोटो छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।