Main Menu
  |   Tuesday, January 23, 2018
२० करोड रुपैयाँ बराबरको कारोवार गर्दै राष्ट्रिय औद्योगिक प्रदर्शनी सम्पन्न
२० करोड रुपैयाँ बराबरको कारोवार गर्दै राष्ट्रिय औद्योगिक प्रदर्शनी सम्पन्न

रुपन्देही । २० करोड रुपैयाँको कारोबार गर्दै १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव रुपन्देहीको बुटबलमा सम्पन्न भएको छ । समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार भन्ने मूल नाराका साथ ८ दिन चलेको मेला प्रभावकारी बनेको छ ।

रुपन्देही उद्योग संघले आयोजना गरेको महोत्सवमा प्रकृतिका ४ सय ८० वटा उद्योग र ५ सय स्टलमा राखिएका उत्पादनहरु आकर्षण बनेका थिए ।

उद्योगहरुको प्रकृति र विशेषता आधार बनाएर १२ वटा पेभेलियन निमार्ण गरी उद्योगहरुलाई सहभागी गराइएको थियो । ३७ जिल्लाको सहभागीतामा आईटीमा ३०, फर्निचरमा ३३, ह्याण्डी क्राफ्टमा ४३, फुड एण्ड वेभरेजमा ४१, किचेन वयरमा ४३, कस्मेटिकमा ४१, फुटवयरमा ४३, वेकरीमा ४०, कृषिमा ६१, गार्भेन्टमा ४०, विविधमा ४०, होटेलमा २५ र प्रविधिमा १२ स्टलहरु राखिएको थियो ।

प्रदर्शनी मुल आयोजक समितिका संयोजक तथा रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीले स्वदेशकै स्रोत साधनको उपयोग, औद्योगिक विकास र आत्मनिर्भर अर्थतन्त्रलाई अगाडी बढाउन प्रर्दशनी प्रभावकारी बनेको बताउनुभयो ।

समापन कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै मुल समितिका सदस्य सचिव माधवप्रसाद पौडेलले प्रदर्शनीमा करिव ६ लाख दर्शक उपस्थित हुनुका साथै २० करोड मूल्य बराबरको कारोवार भएको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।

  • जेसिज एउटा अभियान हो : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / शनिबार, ८ पुस ।

    जेसिज आफैमा एउटा नेत्तृत्वविकास गर्न सिकाउने पाठशाला हो । यहाँबाट कसले कति फाइदा लिन सक्ने भन्ने आफैमा भर पर्छ । जेसिज भनेको एउटा समुन्द्र हो यसमा डुबेर कसैले मोति लिएर फर्कन्छ कसैले संखेकिरा यो आफनो इच्छा शक्तिमा भर पर्छ । कुसल नेत्तृत्वले आफनो क्षमता देखाएर समाज नेत्तृत्व गर्नसक्ने अवसरलाई लिन सक्नु नै मुख्य चुनौति हुनेछ ।