Main Menu
  |   Monday, October 22, 2018
पैसा नकमाए पनि खुसी छु- खगेन्द्र लामिछाने
पैसा नकमाए पनि खुसी छु- खगेन्द्र लामिछाने

बुटवल । अभिनेता खगेन्द्र लामिछानेले फिल्म क्षेत्रबाट पैसा नकमाए पनि खुसी रहेको बताएका छन । फिल्म डमरुको डण्डिवियोको प्रचारप्रसारको क्रममा बुटवलमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने फिल्म खेलेर मात्र खान पुग्दैन त्यसैले म कृषि पेशामा पनि छु लेख्ने काम पनि गर्छु । विशेष गरि लेखन र अभिनयमा अब्बल मानिएका लामिछानेले बैशाक २१ बाट प्रदर्शामा आउन लागेको डमरुको डण्डिवियो मौलिक फिल्म भएको बताएका छन् । नेपालको मौलिक खेल हो डण्डिवियो यसकै सन्दर्भमा फिल्म घुमेको छ उनले थपे खेल प्रेम र पारिवारीक कथा नै फिल्मको मुख्य आकर्षण हो ।

उनले सरकारले डण्डिवियोलाई हटाएर आयातित खेललाई राष्ट्रिय खेलको रुपमा घोषण गरेको बताउँदै भाविपुस्ताले आफ्नो मौलिक खेललाई बुझुन भनेर नै कथा छनोट गरेको बताए ।
कार्यक्रममा बोल्दै फिल्मका निर्माता विनोद गुरुङले चलचित्र क्षेत्रमा योगदान गर्ने लक्ष्यका साथ फिल्ममा लगानी गरेको बताए । पर्यटन ब्यवशायी समेत रहेका गुरुङले फिल्मले आन्तरिक पर्यटन प्रवद्र्धधन गर्न समेत सहयोग गर्ने दावि गरेका छन ।

फिल्मको लमजुङको घले गाँउ र काठमाण्डौमा छाँयाङकन गरिएको छ । गुरुङले फिल्ममा डेढ करोड भन्दा बढि लगानी भएको बताएका छन् । फिल्ममा खगेन्द्र लामिछाने, बुद्धि तामाङ मेनुका प्रधान, लक्ष्मी बर्देवा, इंगिहोपू कोइंच सुनवार लगायतका कलाकारको अभिनय रहेको छ । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा नोर्वु छिरिङ घले र विनोद गुरुङको लगानी छ । छेतेन गुरुङले निर्देशन गरेका हुन् । चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षता र सचिव रमेश अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।