Main Menu
  |   Tuesday, September 19, 2017
सैनामैना गोल्डकप- देविनगर सेमिफाईनमा प्रवेश
सैनामैना गोल्डकप- देविनगर सेमिफाईनमा प्रवेश

सैनामैना । प्रथम सैनामैना गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आज सुनौला संगम फुटबल क्लब बुटवल देबिनगर सेमीफाईनमा प्रवेश गरेको छ ।
सालझण्डी युवा सञ्जाल लाई ४–० गोल अन्र्तरले पराजित गर्दै सगंम बुटवले जितेको हो ।

सुनौलोका जर्सीन ४ का विश्वास श्रेष्ठले ३ मिनेटमा पहिलो गोल गर्दै खेलमा खाता खोलेका थिए भने ७६ औ मिनेटमा अर्काे खेल गोल थप्दै खेलको म्यान् अफ् द म्याच घोषित भएका छन् । त्यस्तै जर्सीन ३ का दानु थापाले १६ औं मिनेट , जर्सीन ९ का सुरज हमालले ३५ औ मिनेट , विश्वास श्रेष्ठले ७६ औ मिनेटमा १–१ गोल गरेको थिए ।

सैनामैना नगरपालिकाको सहयोगमा जनप्रिय स्पोटिङ्ग युवा क्लबको आयोजनामा सैनामैना ७ देउवापारमा रहेको सरस्वती माविको खेल प्राङ्गणमा सुरु भएको खेल १४ गते सम्म जारी रहने छ । १४ टिमको सहभागिता रहेको खेलमा भोली देश भक्त एफसी र युनाईटेड केपिलबस्तु बिच सेमिफाईनक खेल हुने क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिएका छन् ।

प्रतियोगिताको प्रथम पुरुस्कार रु १ लाख १७ हजार १ सय १७ , द्धितिय पुरुस्कार रु ५८ हजार ८ सय ८८ रहेको छ । त्यस्तै सेमीफाईनमा प्रवेश गर्ने २ टिमलाई नगर १२ हजार पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् । उत्कृष्ट खेलाडीलाई ७ हजार ७ सय ७७ रुपैया रहेको छ भने विद्यागतरुपमा उत्कृष्ट खेलाडीलई रु ४ हजार ४ सय ४४ रुपैया पुरस्कारको ब्ववस्था गरिएको क्लबका अध्यक्ष रानाले बताए ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।