Main Menu
  |   Sunday, July 22, 2018
हट्यो पूरातात्विक क्षेत्रको अतिक्रमण
हट्यो पूरातात्विक क्षेत्रको अतिक्रमण

कपिलवस्तु । कपिलवस्तुको दोहनी गाबिस–१ मा रहेको पुरातात्विक स्थल दोहनीकोटमा अतिक्रमण गरी बनाईएका घर टहरा हटाईएको छ । दोहनीकोटमा भएको अतिक्रमणप्रति ध्यानकर्षण भएको जनाउदै स्थानीय प्रशासनको निर्देशनपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीको अगुवाईमा डोजर लगाएर ७ घर टहरा भत्काईएको हो ।

ढेड दशक देखि दोहनीकोटमा घर टहरा निर्माण गरी ७ बढी परिवारहरु बस्दै आएका थिए । लम्बु भन्ने बिद्यानाथ कोरी, सयरा खातुन, भगेलु बढई, रामसरन चमार, उर्मिला कहार, चौधराईन र बहजु ठाकुरले ईटा देवालसहीत घर टहरा बनाएर बस्दै आएका थिए । पुरातत्व बिभागले गत चैत ९ गते अतिक्रमण हटाउन लिखित स्विकृति दिए पछि प्रशासनले अतिक्रमण हटाउन अग्रसरता देखाएको थियो ।

प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहको नेतृत्वमा जिल्ला सुरक्षा समितिका सदस्यहरुले अतिक्रमित क्षेत्रको स्थलगत अनुगमन गरेका थिए । त्यही बेला अतिक्रमण खाली गर्न प्रजिअ सिंहले निर्देशन दिएका थिए । अतिक्रमण गरी बसेका व्यक्तिले अटेर गरेपछि सुरक्षाकर्मी परिचालन गरी अतिक्रमित क्षेत्र खाली गराईएको उनले बताए । अतिक्रमण हटाउँदा हुन सक्ने संभावित घटनालाई रोक्नका लागि नेपाल प्रहरीका २३ र सशस्त्र प्रहरीका १५ जना पठाईएको थियो ।

दोहनी गाविस– १ को कित्ता नम्बर १ मा पर्ने पुरातत्व विभागको स्वामित्वमा रहेको करिब ४ बिघाहा क्षेत्रफलमा संबन्धित निकायले चासो नदिदा अतिक्रमणमा परेको थियो । रेखदेखको जिम्मा लिएको लुम्बिनी विकास कोषको लापरवाहीको कारण स्थानियबासीले त्यहाँ घर टहरा निर्माण गरिबसेका थिए ।

लुम्बिनी–तौलिहवा सडक खण्ड अन्तर्गत दोहनी गाविस–१ मा पर्ने दोहनी कोटलाई चारै तिरबाट तारबार गरिएपनि त्यस भित्र स्थानियबासीले अतिक्रमण गरि घर बनाएका थिए ।
दोहनी कोटमा स्तुपाकार एक अग्लो ढिस्को रहेको छ । यहाँ एक प्राचीन ईनार पनि छ । कोटमा पुराना ईटाका टुक्रा र माटोले बनेका भाडाकुडा छन् । स्तुपाकार ढिस्कोमा हिन्दु धर्माबलम्बीहरुले हात्ती र समयमाई मन्दिर बनाई पुजाआजा गर्दै आएका छन् । उक्त कोटाको जग्गा कपिलवस्तु संग्रहालयको नाममा रहेको छ ।

लुम्बिनी–तौलिहवा सडकखण्ड अन्तर्गतको कालोपत्रे सडकसंगै सटेर रहेको जग्गा मुल्यवान् भएकाले अतिक्रमणको चपेटामा परेको थियोे ।
राजा शुद्धोदनको राजप्रासाद तथा भगवान गौतम बुद्धको क्रिडास्थल तिलौराकोटसंग संबन्धित भएपनि दोहनीकोटमा हाल सम्म उत्खनन गरिएको छैन ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।