Main Menu
  |   Sunday, July 22, 2018
दुर्घटना न्यूनिकरण लागि सडकमै प्रशिक्षण
दुर्घटना न्यूनिकरण लागि सडकमै प्रशिक्षण

गुल्मी । सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालय गुल्मीले सडकमै सवारी चालकलाई प्रशिक्षण दिन सुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय गुल्मीले आईतवार दिउसो सदरमुकाम तम्घासमा सवारी चालक, सवारी धनी र आम सर्बसाधरणलाई सचेतना अभियान सुरु गरेको हो ।
‘ट्राफिक नियम जानौ र मानौ आफू पनि बचौं र अरुलाई पनि बचाऔं’ भन्ने नाराका साथ ट्राफिक प्रहरीले सडकमै प्रशिक्षण कार्यक्रम चलाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी अनुराग द्धिबेदीले बताए ।
सड्कमा तीब्र गतिमा सवारी चलाउँदा दुर्घटना बढी हुनाले दुर्घटना न्यूनिकरण लागि अभियान सुरु गरेका हौ उनले भने‘ सचेतना फैलाउन चालक, सवारी धनी लगायत सर्वसाधारणहरुलाई सडक प्रशिक्षण गराइएको छ ।’
ट्राफिक कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक डोरबहादुर थापाले एकै दिन सदरमुकाम तम्घासको चिदिचौर खेल मैदानमै र तम्घासकै खानीगाउँ भगवती मन्दिर नजिकै चोकमा बिभिन्न सवारी चालक, सवारी धनी र सर्बसाधरणलाई राखेर दुर्घटना न्यूनिकरण गर्न जिम्मेरवार बन्न आग्रह गरे ।
‘तीब्र गति जीवनको क्षती भन्ने कुरालाई मनन गरेर सिट क्षमता भन्दा वढी यात्रु नराखौं ट्राफिक प्रमुख थापा भन्छन‘जिम्मेवार चालक बनेर दुर्घटना न्यूनिकरण गरौ ।’ उनले सवारी चलाउदा सिट क्षमता, हेलमेट सवारी साधनको नियमित चेक जाँच लगायतका विषयमा समेत होसियारी बन्नु पर्ने बताए ।
सवारी चालकलाई दिने सचेतना अभियान जिल्लाको विभिन्न स्थानमा गरिने ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । सचेतना अभियानमा सवारी चालक,सवारी धनी र आम सर्बसाधारणलाई एक घण्टासम्मको प्रशिक्षण कार्यक्रम रहेको प्रहरीले जनाएको छ । गुल्मीमा दुर्घटना न्यूनिकरण गर्न भन्दै गुल्मीका सड्कमा ऐना राखिएको पनि छ । तम्घास–रिडी–बुटवल सड्क अन्र्तगत सदरमुकाम सम्म जोडिने अति व्यस्त सड्कमा दुर्घटना न्यूनिकरण गर्नको लागी १४ वटा सड्क ऐनाहरु राखिएको छ ।
सड्क डिभिजन कार्यालय पाल्पाको आर्थिक सहयोग र जिल्ला स्थित ट्राफिक कार्यालय, जिल्ला प्रशासन कार्यालय गुल्मी, जिल्ला प्रहरी कार्यालय लगायतको महत्वपूर्ण पहलमा उक्त ऐना राख्ने काम भएको हो । घुम्टीमा राखिएका ऐनाबाट बिपरीत दिशाबाट आइरहेको सवारीलाई देख्न सकिन्छ ।
यसले पनि दुर्घटना न्यूनिकरण गर्न ठूलो मदत गरेको चालकहरुको भनाइ छ । दुर्घटना न्यूनिकरण गर्न गुल्मीबाट छुट्ने सवारीसाधनहरुलाई टाइम कार्ड व्यवस्था गरिएको छ । जिल्लाबाट पाल्पा, बुटवल, काठमाडौं लगायतका स्थानमा छुटने सवारीका साधनहरुलाई जिल्ला भित्र रिडीसम्म टाइम कार्डको व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।