Main Menu
  |   Sunday, September 24, 2017
यस्तो विचित्रको छ मानव उत्पत्तिको इतिहास
यस्तो विचित्रको छ मानव उत्पत्तिको इतिहास

काठमाडौं । अफ्रिका एक समय अन्धकारको महादेश भनेर कहिलिएको महादेश । बहुसंख्यक काला जातिहरुको बासस्थान । नदी नाला तथा बिबिध जीवजन्तुहरुकले भरिपूर्ण अपार जङली भूभाग भएको महादेश ।

संधै युद्ध र भोकमरीको समाचार बनिरहेको महादेश हो अफ्रिका । तर धेरैलाई थाहा नहुन सक्छ र अचम्म लाग्न सक्छ अफ्रिका त सम्पूर्ण मानव जातिको उद्गम थलो हो ।

बैज्ञानिकहरुले प्रमाणहरु जुटाई पटक पटक यो कुरालाई पुष्टी गरिसकेको छन् कि अफ्रिका नै मानव जातिको उदग्म थलो हो । सन् १८०९ मा फ्रान्सका जीवशास्त्री जीव वापटिष्ट लेमार्कले पृथ्वीमा भएका जीवहरु बाइबलमा लेखिए जस्तै अपरिवर्तनशील रहेको बताएका छन् ।

उनले जीवहरुद्धारा प्रयोगमा ल्याइने अंग बिकसित तथा बृद्धि हुने तर प्रयोगमा नल्याइने चाहीं कमजोर तथा सानो हुने बताएका छन् । यो गुण पछिल्ला पुस्ताहरुमा बंशाणुगत रुपमै सर्दै जाने बिचार उनको थियो ।

लेमार्कको बिचार ईश्वरद्धारा सम्पूर्ण जीवको उत्पत्ति भएको हो भन्ने बाइबलको बिचारमाथि प्रहार थियो । तर बाइबलको बिचारमाथि दोस्रो तथा निर्णायक प्रहार भने अर्का बैज्ञानिक इङल्याण्डका चाल्र्स डार्बिनले दिएका थिए ।

उनले सम्पूर्ण जीवहरु नै क्रमिक बिकासको बाटोबाट बिकसित भएको सिद्धान्त नै पेश गरेका थिए ।
उनले आफ्नो सिद्धान्तको पुष्टिका निम्ति जीवहरुको शारीरिक गुणहरुको तुलनात्मक बिश्लेषण, जीवावशेष, जमिनमुनि गाडिएर सयौं, हजारौं, लाखौं, करौडौं बर्षसम्म रहँदा तिनीहरुकको बाँकी रहेका अंशहरु वा छापहरुको तुलनात्मक बिश्लेषण लगायत अन्य थुप्रै प्रमाणहरु जुटाएका थिए ।

उनले जीवहरु कुनै ईश्वरले एकसाथ सृष्टि गरेको नभई करौडौं बर्ष पहिले अजैविक रसायनहरुको सहयोगबाट अति सरल जीवहरुको उदय भई समय र परिस्थितिको तालमेलमा क्रमिक रुपमा जटिल र ठूला जीवहरुको बिकसित हुँदै मानव जातिसम्मको बिकास भएका प्रमाणहरु पेश गरे ।

त्यसैले चाल्र्स डार्विनलाई बिकासबादी सिद्धान्तका पिताको रुपमा मानिन्छन् । उनै चाल्र्स डार्बिनले मानव जातिको बिकास बाँदरको पुर्खाबाट भएको हो अर्थात बाँदरको पुर्खा र मानव जातिको पुर्खा एउटै हो भन्ने तर्क प्रस्तुत गरे ।

उनले यो कुरा सन् १८७१ मा प्रकाशित उनको प्रसिद्ध पुस्तक The Descent of Man मा उल्लेख गरेका छन् । मानव जातिको उदय अपुच्छ बाँदरको कुनै पुर्खाबाट भएको हो भन्ने कुरा बैज्ञानिक चाल्र्स डार्बिनले नै भनिसकेका छन् ।

उनकै कुरालाइ अनुशरण गर्दै बैज्ञानिकहरुले खोज गर्दै जाँदा नयाँ–नयाँ तथ्यहरु पत्ता लागेका छन् । बैज्ञानिहरुका अनुसार आजभन्दा एक करोड साठी लाखदेखि एक करोड दश लाख बर्ष पहिलेको समयअवधिमा भौगोलिक मिओनस कालमा जंगलै जंगलले भरिएको अफ्रिकाको उष्ण प्रदेशिय भूभागको हावापानीमा ठुलो फेरबदल आयो ।

बर्षाको कमीले गर्दा उष्ण प्रदेशिय घना जंगलहरु क्रमश नष्ट हुँदै गए । ती भूभागहरु लामा लामा घाँसका फाँटहरुमा बदलिन थाले । अपुच्छ बाँदरहरुको अस्तित्वको लागि यो परिस्थितिले निकै ठूलो चुनौती खडा गर्यो । ती अपुच्छ बाँदरहरु रुखमाथि नै जीवन निर्वाह गर्दथे ।

तर पछिसम्म जंगलभित्र रुखमा नै जीवन निर्वाह गर्दै गरेका अपुच्छ बाँदरहरु त्यही रुपमा नै रही रहे र त्यो रुप अहिलेसम्म पनि निरन्तर रुपमा कायम रह्यो ।
प्रागमानवहरु दुई खुट्टाले हिंड्ने भएकाले उनीहरुको हात फुक्का भयो । त्यसकारण उनीहरु टाढा टाढासम्म खाद्यसामग्री सजिलै ओसार पसार गरी पछिको लागि जोगाउन समेत सकेन ।

यो घटना मानव बिकासमा महत्वपूर्ण घटना थियो । किनकि, मानवबाहेक अर्का जन्तुले खाद्य सामग्री जोगाउन सकिन्न । तर सन् १९९० अगाडिसम्म पनि बैज्ञानिकहरुले त्यस मानव उद्गमको सिद्धान्तको ठोस प्रमाण जुटाउन सकेका थिएनन् ।

बाँदर र मानवबीचको प्रागमानव जाति अष्ट्रोलोपिथेकस भएको कुरा स्वीकारे पनि बैज्ञानिकहरुले बाँदरबाट बिकसित सुरुको होमिनिड पुस्ता अष्ट्रोलोपिथेकस नै हो भन्ने कुरामा शंका गर्दै थिए ।

किनकि, सन् १९६६ मा आणविक जीवशास्त्री बैज्ञानिकहरु विन्सेट सारिच र अलन विल्सनले मानव र अपुच्छ बाँदर चिम्पाञ्जीका डि.एन ए हरु एकसाथ राखेर तुलनात्मक अध्ययन गरी हेर्दा ती दुईको साझा पुस्ता करिव ४० देखि ६० लाख बर्ष पहिलेको समयबीचको रहेको तथ्य पत्ता लगाएका थिए ।

अष्ट्रोलेपिथेसिनपछिको बिकसित प्रागमानव होमोहाविलिस हो । यो जातिका प्रागमानवहरु हाते औजार बनाउन तथा प्रयोग गर्नमा सिपालु थिए । वास्तवमा औजारको निर्माण र प्रयोग संगसंगै नै मानव संस्कृतिको पनि शुरुवात भयो ।

ढुङगे औजारको निर्माण गर्न होमोहाविलिसपछिको मानव जाति होमो इरेक्टस् बढी सिपालु देखिन्थ्यो । उनीहरुले करिव १५ लाख बर्ष पहिले पूर्वी अफ्रिकामा ढुङाको औजार बनाउने एउटा बिशेष किसिमको तरिकाको नै बिकास गर्यो ।

त्यो तरिकालई आय्केउलियन् भनिन्छ । आय्केउलियन् तरिकाबाट निर्मित औजारहरुलाई आय्केउलियन् ढुंङाको औजार भनिन्छ । यो औजार सबैभन्दा पहिले फ्रान्सको आयकेउल भन्ने ठाउँमा भेट्टाइएको थियो । त्यसैले यसको नाम आयकेउलियन् औजार हुन गएको हो ।

आय्केउलियन औजारहरु उन्नत खालका थिए । ती हतियारहरु बिभिन्न खालका हुन्थे । कुनै ठूला त कुनै साना । ढुंङाको औजार बनाउन जानेपछि मानव स्वभावमा ठूलो परिवर्तन आयो । यही क्रममा उनीहरुले करिब साढे ७ लाख बर्ष पहिले आगोको आविष्कार गरेका तथ्यहरु फेला परेका छन् ।

आगोको आविष्कारपछि मानिसहरुको स्वभावमा उल्लेखनिय परिवर्तन आयो । किनकी आगो भएपछि उनीहरुले मासु र अन्य खानेकुराहरु पोलेर खान सिके । यसबाट उनीहरुले पोषिला खानेकुरा प्राप्त गरी आफनो स्वास्थ्यमा निकै सुधार ल्याए ।

साथै पोलेर खाने संस्कृतिको बिकाससंगै नै मानिसहरुले समुद्री जीवहरुको भोजन गर्न पनि थाले । आगोबिना समुद्री जीवहरुको भोजन सम्भव थिएन । आगोको आविष्कारपछि नै मानिसले आफनो भोजनमा मासुको अत्यधिक भागलाई समावेश गरायो ।

मासु प्राप्त गर्न पुरुषहरु टाढा टाढा सम्म शिकार गर्न जाने र महिलाहरु बासस्थानमै बसिरहने संस्कृति शुरु भयो । सुत्केरी महिलाहरु लामो समयसम्म शिशुहरुको स्याहारसुसार गर्नका निम्ति बासस्थानमा नै बस्नु पर्ने बाध्यता थियो ।

र ती महिलाहरुले आफना शिशुहरुको स्याहारसुसारबाट निस्केको फुर्सदको समय जंगल वरिपरिको बोटबिरुवाहरु खानयोग्य छन् वा छैनन् भन्ने परिक्षण गर्ने कार्य गर्न थाले र पछि त्यहीबाट बोटबिरुवा रोप्ने र उत्पादन गर्ने सीप सिके ।

संसारमा अहिले करिव साढे ७ खर्व मानव जनसंख्या रहेको छ । यसभित्र हजारौं किसिमका जाति, जनजातिहरु रहेका छन् । तर ती सबै एउटै आधुनिक मानव जाति होमे स्यापियन्स् भित्र पर्दछन् । बैज्ञानिकहरुले सुरुमा होमो स्यापियन्स्को उदय युरोपबाट भएको हो भनि मानेका थिए ।

तर करिब ५० हजार बर्ष पुराना होमो स्यापियन्स्का जीवावशेषहरु दक्षिण अफ्रिकको क्लासिज नदीको मुखनेरको गुफामा भेटिएपछि त्यो कुरो गलत सावित भयो । अहिले बैज्ञानिकहरु अफ्रिकी देश इथियोपियाको ओमो भन्ने ठाउँमा भेटिएको होमो स्यापियन्स्का जीवावशेष नै सबैभन्दा पुरानो हो भन्ने मान्दछन् ।

यसरी बाँदरबाट पहिलो मानव पुर्खाको उद्गमदेखि आधुनिक मानव होमो स्यापियन्स्सम्म पनि सबै मानव पुर्खाहरु अफ्रिकमा नै उदय भएका हुन् भन्ने पुष्टी हुन्छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।