Main Menu
  |   Monday, August 20, 2018
के छ ‘नथिया’ मा ? यसो भन्छिन सरस्वती प्रतिक्षा
के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा

वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

२०६४, भाद्र ५ गते उमावादीको नेतृत्वमा सिंहदरवार अगाडी भएको वादी महिलाहरुको आन्दोलनको कारण तपाईले यो उपन्यास लेख्नु भयो र आन्दोलनको नेतृत्व कर्ता सांसद उमा वादीकै हातबाट पुस्तक लोकापर्ण गर्दा कस्तो अनुभुती गर्नु भयो ?

एकदमै खुसी लाग्यो । दश वर्ष अगाडी नथिया मानसिक गर्भाधान भई सकेको थियो मेरो मष्तिष्कमा । त्यो समय देखि यहाँ सम्म आईपुग्दा समयले थुप्रै रङहरु फेर्यो । मेरो ब्यक्तिगत जीवनमा, लेखकीय जीवनमा पनि थुप्रै रङहरु फेरिय । जसले आन्दोलन गर्नु भएको थियो त्यती खेर उमा वादी लगाएतका महिलाहरुको ब्यक्तिगत जीवनमा पनि रङ फेरियो । त्यति खेर अर्धनग्न अवस्थामा सिङदरवारको गेटमा उक्लियर आन्दोलनको नेतृत्व गर्ने उमा वादी अहिले सांसद हुनु भएको छ । त्यो अर्थमा उहाँहरुले थुप्रै उकालोहरु उक्लिनु भयो र आफुलाई स्थापित गर्नु भयो । उहाँकै हात बाट किताव विमोचन गर्न पाउनु मेरो लेखकीय जीवनको अविश्मरणिय क्षण हो ।

अनुसन्धानको लागि वादी वस्तीमा प्रवेश गर्दा त्यहाँको अवस्था कस्तो पाउनु भयो ?

अनुसन्धानको क्रममा म दाङ, कैलाली लगाएतका जिल्लाहरुमा पुगेकी थिँए । मुख्य कथावस्तुको पृष्ठ भूमि दाङको हो । जव म त्यहाँ रहेका वादी वस्तीमा गय मैले कल्पना गरेको कथा भन्दा पनि भयानक कथा हरु उनिहरुसंग रैछ । एक पुरिया विष्कुट र बच्चालाई दुध किन्ने पैसाको लागि पनि शरिर सुम्पेका कथाहरु थिए । जुन कथाको उत्खनन गर्दै गर्दा कहिलेकाँही त मेरो ज्यानमाथी असुरक्षाको भय हुन्थ्यो । किनकी उनिहरुसंग शक्तिका संघर्षका थुप्रै कुराहरु जोडिएका हुन्छन् । हामीले नेता मानेका, आदर्श मानेका ब्यक्तित्वका हुवहु अनुहार मिल्ने बच्चाहरु पनि वादी वस्तीमा थिए । उनिहरुको कथा लेखिदिएँ भने चाँही थुप्रै कुराहरु बाहिरिन्छ भनेर उनिहरुलाई भय थियो होला । त्यो भय र मेरो आफ्नै पनि मानशिक र शारिरिक सुरक्षा देखि भयहरु विचमा जोखिम मोलेर मैले यो कथा लेखेको हो ।

कथा खोज्दै जाँदा जुन भयानक कथाहरु भेट्नु भो त्यसबाट उत्पन्न भावुकताको कम्पनले तपाईलाई रोक्न खोज्यो कि खोजेन ?

रोक्न त खोजेन तर उपन्यस लेख्दै गर्दा कथामा न्याय गर्न सक्छु कि सक्दिन भनेर बारम्बार प्रश्न आईरहन्थ्यो । के त मैले लेख्न हुन्न लेखिसकेपछि कथालाई न्याय गर्न सक्नु पर्छ भन्ने अठोटका साथ म अघि बढे । बादी वस्ती भित्री कथाहरु सोचेको भन्दा डरलाग्दो रैछन । कतिपय पाठकहरुले सत्य नपत्याउलान भनेर नथियामा मैले जे लखेको छु उनिहरुले भनेको भन्दा पनि कटौती गरेको लेखेको छु । कटौती गर्दा गर्दै पनि नथिया पढेपछि ओहो यस्तो पनि हुन्छ र भनेर जिव्रो टोक्ने पाठकहरु हुनुहुन्छ ।

अन्य बस्तीहरु र वादी बस्तीमा के भिन्नता देख्नु भयो ?

त्यहाँ त मलाई धेरै कुराहरु उल्टो लाग्यो । अन्य जातजाीहरुमा छोरा पाउँदा खसि छोरी पाउँदा फर्सि भन्ने उखान हामीले सुन्दै आएको हो तर वादी वस्तीमा छोरी पाँउदा खसि छोरा पाउँदा फर्सि उखान नै उल्टो हुँदोरहेछ । कुनै पनि परिवारको केन्द्रमा पुरुष हुन्छ, पुरुषको सत्ता चल्छ भनिन्छ तर त्यहाँ महिलाहरु उत्पिडनमा थिए । महिलाहरुलाई प्रयोग गरिन्थ्यो तर पनि सत्ताचाँही महिलाको चल्थ्यो । यस्तो भिन्नता देखे मैले त्यहाँ ।

अब नथियाको मुख्य पात्रबारे बताईदिनुस ?

सामली नथियाको मुख्य पात्र हो । जुन नाम मैले काल्पनिक राखेकी हुँ । उनको नाम चाँही अर्कै थियो । हामीले जीवनमा घटनाहरु हुन्छ भन्छौ । मैले उपन्यासमा जुन महिलाको कथा भने त्यो घटनाहरुको कथा होईन दुर्घटनाहरुको कथा हो । पाईलै पिच्छे त्यतिविध्न र्दुघटना हुन्छ र मोन्छेको जिन्दगी भनेर पत्यारै नलाग्ने कथा सामलीको कथामा बुनेको छु । प्रत्येक पाईलामा उसले मुत्ति खोज्छे प्रत्येक पाईलामा आफुलाई चिन्ने प्रयास गर्छे, प्रत्येक पाईलामा प्रेम खोज्छे तर उसले जे खोज्छे त्यो पाउँदै पाँउदिन । हण्डरै हण्डर खान्छे । सामलीको कथा र्दुघटनै र्दुघटनाको संग्रालय हो भन्ने लाग्छ । त्यती हुँदा पनि एक जब्वल महिला हो सामली । हाम्ले त पढेलेखेका महिलाहरुले मात्र क्रान्ति गर्न सक्छन, पढेलेखेका महिलाहरुले पनि क्रान्तिीको जिन्दगी बाँच्न सक्छन ।तर एउटा वादीवस्तीमा त्यसरी पिल्सियर पनि कसरी क्रान्तीकारी जिन्दगी बाँच्न सक्छे एउटा महिलाले भन्ने चाँही त्यो सामलीको कथा हो ।

नथिया लगाउनु र खोल्नु विचको मर्म कस्तो हुँदो रैछ ?

त्यो त एकदमै डर लाग्दो कुरा । एउटा किशोरी चाँही पहिलो पटक रजश्वला भईसकेपछि नाकमा नथिया लगाउँछे । नथिया लगाईसके पछि त्यसको मतलव हो यो धन्दाको लागि योग्य भई भन्ने । नथिया उतार्ने भनेको चाँही कुमारित्वको लिलामी रैछ क्या । वादी वस्तीमा खुलम खुला कुमारीत्वको लिलामि हुन्छ । जसले धेरै मोल तिर्छनी त्यसले वादी युवतीको नथिया उतार्छ । जव युवतीको नथिया उतारिन्छ तव परिवारले उत्सव मनाउँदो रहेछ । अव छोरी योग्य भयो ग्राहकहरुको लागि, पैसा कमाउनको लागि धन्दा गर्न भनेर एउट डरलाग्दो पिडाका विच पनि उत्सव मनाउथे । त्यो खालको विरोधावास कुराहरुले चाँही मलाई अहिले पनि भावुक बनाउँछ ।

कुराकानीको अन्त्यमा फरक प्रशङ जोडौं । तपाईले एक कार्यक्रममा बुटवलसंग गज्जवको संयोग जुरेको बताउनु भएको थियो । त्यो कस्तो संयोग हो ?

२०३७ साल तिर लसुनअदुवा समेत नखाने, ठाडो टिका लगाउने परिवारको एउटा बाहुनी केटी र चितवनमा रहेको एउटा थकाली केटासंगको प्रेम । मंसिरमा केटीको विहे हुने भनेर कुरा छिनीनु । त्यसको केही हप्ता पछि फिल्मी पारामा वेजातको केटासंग भाग्नु र तिनीहरु भागेर बुटवलमा वास वस्नु । यो कथा मेरै बाबाआमाको कथा हो । मलाई आमाले भागेर बुटवलमा बास बसेको भन्दा ती प्रेमका कथा सुनाँउदा मलाई चाँही मेरो बाबाआमाले वषौं अगाडी विद्रोह गरेर पाईला टेकेको कस्तो होला भन्ने लाग्थ्यो । म पनि यसरी यो रुपमा आँउला भन्ने थाहा थिएन र आउन पनि वर्षौ लाग्यो । संयोग पनि कस्तो भने नथिया यात्राको पहिलो कार्यक्रम चितवमा सकेर दोस्रो कार्यक्रमको लागि म पनि बुटवलमा आँए ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।