Main Menu
  |   Sunday, September 24, 2017
कलेज देखि सुधार केन्द्रसम्म जेसीजका कार्यक्रम
कलेज देखि सुधार केन्द्रसम्म जेसीजका कार्यक्रम

बुटवल । बुटवल जेसीज वर्ष २०१७ ले जेसीज सप्ताह मनाइरहेको छ । विश्व भर तालिम केन्द्रकोरुपमा परिचित अन्तराष्ट्रिय जेसीजसंग आवद्ध बुटवल जेसीजले अहिले विभिन्न प्रशिक्षण कार्यक्रम गरिरहेको छ ।

ट्राफिक प्रहरीलाई भाषण कला तालिम
बुटवल जेसीजले सप्ताहको दोस्रो दिन पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवल संगको सहकार्यमा प्रभावकारी भाषणकला तथा उद्घोषण तालिम सम्पन्न गरेको छ । जेसीज सचिवालयमा सम्पन्न भएको कार्यक्रममा ट्राफिक प्रहरीलाइ प्रभावकारी भाषणकला तथा उद्घोषण प्रशिक्षण दिएको बुटवल जेसीजका अध्यक्ष राजेन्द्र घिमिरेले बताउनु भयो । तालिममा अन्तराष्ट्रिय जेसीजका पुर्व उपाध्यक्ष अनुमान सैंजु, रमेश अर्याल र दिनेश खड्काले प्रशिक्षण दिनु भएको थियो ।

कलेजमा ट्राफिक जनचेतना
जेसीज सप्ताहको तेस्रो र चौथो दिन बुटवलका दुईवटा कलेजमा ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न गरेको बुटवल जेसीजले जनाएको छ । पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलको सहकार्यमा बुटवलको दीप बोडिङ हाईस्कुल र अक्स्फोर्ड कलेजमा उक्त कार्यक्रम सम्पन्न भएको सप्ताहका मुल संयोजक कमल देवकोटाले जानकारी दिनु भयो ।

अक्स्र्फोड कलेजबाट कार्यक्रम सुरु भएको थियो । उक्त कलेजका २ सय भन्दा वढि विद्यार्थी कार्यक्रममा सहभागि भएको बताइएको छ । कार्यक्रममा बोल्दै कलेजका प्रमुख मनोज मरासिनीले अत्यन्त महत्वपुर्ण कार्यक्रम भएको भन्दै सवारी दुर्घटना न्युनिकरणको लागि सवैले हातेमालो गर्न पर्ने बताउनु भएको थियो । कार्यक्रममा ट्राफिक नियम र दुर्घटनाबाट बच्नका लागि अपनाउनुपर्ने उपायहरुका सम्बन्धमा जानकारी गराईएको हो ।

बुटवल जेसीजका अध्यक्ष राजेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी निरिक्षक राजकुमार रावल र सहायक प्रहरी निरिक्षक भिमसेन घिमिरेले प्रशिक्षक दिनुुभएको थियो । दीप बोडिङमा सम्पन्न भएको कार्यक्रममा बोल्दै पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक कृष्णहरी शर्माले हाम्रो समाजमा हरेक कुरामा अरुलाई दोष लगाएर आफू उम्किने प्रवृत्ति रहेको भन्दै त्यसलाई चिर्न सक्नुपर्ने र सवैको सहकार्यले मात्र सडक अशुसासनको पालना गर्न र गराउन सकिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा दीप बोर्डिङका प्राचार्य टीकाराम न्यौपाने र जेसीजका राष्ट्रिय उपाध्यक्ष राजु पौडेलले यस प्रकारका सचेतना कार्यक्रहरुलाई निरन्तरता दिनुपर्ने बताउनुभएको थियो ।


‘हामी परिवर्तन हुन सक्छौ’

जेसीज सप्ताहको पाचौं दिन ‘हामी परिवर्तन हुन सक्छौ’ नाराका साथ स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमा–११ मृगौलीमा रहेको चौतारी नेपाल हेल्थ फाउन्डेशनमा रहेका पुनस्थापित हुन चाहाने व्यक्तिहरुलाई स्वास्थ्य र जीवन परिवर्तनका सम्बन्धमा प्रशिक्षण प्रदान गरिएको बुटवल जेसीजले जनाएको छ ।

कार्यक्रममा बरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डा. मनोज ढुगांनाले लागू औषधबाट मुक्त हुन सम्भव हुने भन्द्ै त्यसका लागि औषधिको प्रयोगसँगै दृढ प्रतिज्ञा पनि आवश्यक रहेको बताउनुभयो । बुटवल जेसीजका अध्यक्ष राजेन्द्र घिमिरे, जेसीजका तालिम संयोजक रमेश अर्याल, जेसीज सप्ताहका सहसंयोजक दिनेश खड्काले पुर्नस्थापनाको चरणमा रहेका व्यक्तिहरुलाई उत्प्रेरणात्मक विषयका बारेमा बताउनु भएको थियो । बुटवल जेसीजका उपाध्यक्ष अर्जुन ज्ञवालीले सञ्चालन गर्नुभएको कार्यक्रममा जेसीज सदस्य तथा कार्यक्रम संयोजक बिमल ढकालले स्वागत गर्नु भएको थियो ।

जेसीज सप्ताहको छैठौं र सातौं दिन संसदिय बैठक प्रणालिबारे तालिम संञ्चालन हुने बुटवल जेसिजले बताएको छ । निकै महत्वपुर्ण मानिने यो तालिम भदौ शुक्रबार र शनिवार हुने तालिम संयोजक रमेश अर्यालले जानकारी दिनु भयो ।जेसीज सप्ताहको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख शीवराज सुवेदीले गर्नु भएको थियो । उक्त समारोहमा नवनिवार्चित जनप्रतिनिधीलाई बुटवल जेसीजले सम्मान समेत गरेको थियो ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।