Main Menu
  |   Saturday, November 18, 2017
बुटवल जेसीज ‘जेसीज अफ द मन्थ‘बाट सम्मानित
बुटवल जेसीज ‘जेसीज अफ द मन्थ‘बाट सम्मानित

बुटवल । नेपाल जेसीजले बुटवल जेसीजलाइ जेसीज अफ द मन्थ घोषणा गरेको छ । क्षेत्र घ मा रहेका शाखाहरु मध्ये बुटवल जेसीजले उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको हो ।

नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष राजु पौडेलले बुटवल जेसीज वर्ष २०१७ ले अत्यन्त प्रभावकारी कार्यक्रमहरु सम्पन्न गरेको हुदाँ जेसीज अफ द मन्थबाट सम्मान प्रदान गरिएको बताउनु भयो ।

नेपाल जेसीजबाट पाएको सम्मानबाट थप हौसला मिलेको बताउँदै बुटवल जेसीज वर्ष २०१७ का अध्यक्ष राजेन्द्र घिमिरेल अझै ऐतिहासिक कार्यक्रमहरु गर्ने योजना रहेको बताउनु भयो ।

बुटवल जेसीज अहिले जेसीज सप्ताहको तयारीमा जुटेको छ । ‘जेसीज सप्ताह औपचारिकताको लागि मात्र हुने छैन’ घिमिरेले भन्नु भयो –‘यो वर्षको जेसीज सप्ताह नेपाल जेसीजकै इतिहासमा नौलो र प्रभावकारी बनाउने हाम्रो योजना छ ।’

बुटवल जेसीजले केही समय अघि पब्लिक स्पिकर बुटवल सम्पन्न गरेको थियो । करिव एक महिना सम्म सञ्चालित उक्त कार्यक्रम राष्ट्रिय रुपमै चर्चित बनेको थियो । युवाहरुको लागि कर तथा लेखा सम्वन्धी अभिमुखिकरण तालिम लगायत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । यिनै कार्यक्रमको मुल्याङकनको आधारमा बुटवल जेसीजलाई जेसीज अफ द मन्थबाट सम्मान गरिएको नेपाल जेसीजले बताएको छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।