Main Menu
  |   Tuesday, January 23, 2018
पुरातात्विक संरचना भेटियो
पुरातात्विक संरचना भेटियो

कपिलवस्तु । बाटो बनाउनेक्रममा कपिलस्तु नगरपालिका– ३ सिद्धार्थ टोलमा पुरातात्विक संरचना भेटिएको छ ।
आखा अस्पतालको छेउ देखि उत्तर तर्फ एक्साभेटरले बाटो खन्नेक्रममा सामेवार बिहान १० बजेतिर ईटाले बनेको पुरातातिवक संरचना भेटिएको स्थानीय गुखाखर गैरेले बताए । हुम बहादुर कुवर र मनोज श्रीवास्तवको जग्गामा बाटो बनाउनेक्रम ईटाका संरचनाहरु भेटिएको गैरेले बताए ।
फुटेका माटाका घैटाका टुक्राहरु समेत भेटिएका छन । संरचना बाटो र बाटोका पुर्व तर्फ फैलिएको छ । संरचना देवाल आकारमा रहेका छन । संरचना भेटिए लगत्तै बाटो निर्माण समेत रोकिएको छ ।
संरचना भेटिएकमो बिषयमा जानकारी पाए पछि तिलौराकोटमा उत्खननमा संलग्न पुरातत्व बिज्ञहरुको टोलीले समेत सो संरचनाको स्थलगत अनुगमन गरेका छन । पुरातत्व बिभागको प्रमुख पुरातत्व अधिकृत राम बहादुर कुवले आफुहरुले सिद्धार्थ टोलमा भेटिएको संरचनाहरुको निरीक्ष्ण गरेको बताए ।
‘ हेर्दा पुरानो ईटाहरु देखिन्छ, बिस्तृत कुरा अध्ययन गरे पछि मात्र थाहा हुन्छ ’ उनले भने । संरचना भेटिएको स्थलमा भु भौतिक सर्वे तथा फोटाहरु खिचिने उनले बताए । इतिहासबिद प्राध्यापक गितु गिरीले सो स्थल वरपर प्राचिन संरचना भएको उल्लेख गरेका छन । सो स्थलको किनार मै प्राचिन कुवा समेत रहेको छ ।
केही बर्ष अघि सो कुवामा प्राचिन बस्तुहरु समेत भेटिएको थियो । तर त्यस बारे कसैलाई जानकारी गराईएको थिएन । सो कुवा अर्झ पनि त्यहा छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।

  • जेसिज एउटा अभियान हो : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / शनिबार, ८ पुस ।

    जेसिज आफैमा एउटा नेत्तृत्वविकास गर्न सिकाउने पाठशाला हो । यहाँबाट कसले कति फाइदा लिन सक्ने भन्ने आफैमा भर पर्छ । जेसिज भनेको एउटा समुन्द्र हो यसमा डुबेर कसैले मोति लिएर फर्कन्छ कसैले संखेकिरा यो आफनो इच्छा शक्तिमा भर पर्छ । कुसल नेत्तृत्वले आफनो क्षमता देखाएर समाज नेत्तृत्व गर्नसक्ने अवसरलाई लिन सक्नु नै मुख्य चुनौति हुनेछ ।