कपिलवस्तु । विवाहको बहानामा सिमा कटाउन थालेको विचौलीया कपिलवस्तुको कृष्णनगर वाट प्रक्राउ परेको छ ।मानब बेचबिखनको बदलिदो स्वरुपसंगै बिभिन्न सोेझा सिधा चेलीहरुलाई सिमा पार गराउँदा अपनाउने चरणहरु पनि फरक फरक रहेको छ ।
मानब बेचबिखन तथा लैगिंक हिंसा अन्त्यका लागी क्रियाशिल रुपमा लागेको संस्था के.आई नेपाल र नेपाल प्रहरी कृष्णनगरले एक बिचौलीयको नियन्त्रण सहित चेलीको उद्धार गरेको छ ।उद्धार गरीएकी चेली दर्बा¨ म्याग्दी बस्ने मनकुमारि (नाम परिबर्तन) रहेकि छन भने लैजाने बिचौलीय कपिलबस्तु बाणगंगा २ बनगाई बस्ने पार्बती भटराई रहेकि छन् ।
भट्राईले केहि महिना अगाडी मात्र चिनजान गरेकी सामान्य लेखपढ भएकी निज मनकुमारिलाई महेन्द्रनगर घर भएका हाल पञ्जाब बस्दै आएका एक धर्मको दाई रहेको र उनी राम्रो बानी ब्यहोरा भएको र उनीलाई बिबाहा गराईदिने भनि प्रलोभनमा पारी सिमा कटाउन लागेको वताइएको छ ।
बोर्डरमा रोकेपछि दाई भारतमा रहेको र भाउजुलाई भेट गराउन लान लागेको भनि बोर्डर कट्न लाग्नु र भारतबाट धर्मको दाई भन्नेले पटक पटक फोन गरि कहां आईपुग्यौ भनि रहनु र पिडित चेलीको परिवारलाई कुनै पनि जानकारि नभएपछि संकाको घेरामा रहेको ईलाका प्रहरी कार्यलयका कार्यलय प्रमुख शुभास गैरेले जानकारी दिनु भयो
गैरेका अनुसार धर्मको दाई भन्ने जसको नाम नै खुलाउन नचाहने र लैंजाने प्रकृया गलत र बिभिन्न बहाना बनाएको कारण र कानुनी दायरामा ल्याउनु परेको ईलाका प्रहरी कार्यलयका कार्यलय प्रमुख शुभास गैरेले जानकारी दिनु भयो ।गैरेका अनुसार यस घटनामा अरु पनि संलग्न हुन सक्ने भन्दै त्यसको खोजी कार्य जारि जारि राख्ने बताउनु भयो ।
अभिभाबकलाई जानकारी दिए पश्चात आफूहरुलाई कुनै जानकारी नभएको र रोकिदिन आग्रह गरेको र चेलीलाई के.आई नेपालको संरक्षणमा राखिएको र अभिभाबको स्वृकृती भए आत्मा निर्भर गराउने उदेश्यले सुरक्षित आवास गृह चितवन पठाउने के.आई नेपाल कपिलबस्तुका जिल्ला संयोजक केसर बिशकर्माले जानकारी दिए ।
वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :
प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर सी. पी. खनालले गरेको कुराकानी ।
प्रतिकृया दिनुहोस