Main Menu
  |   Thursday, July 27, 2017
कठोर साँझ
कठोर साँझ

गोधूली सितको झम्के सांझले
मेरो मनोभाव संग अनूप्रास मिलाउदै
मादकता रुपी कल्पनाको आस देखाएर
प्याला प्याला नसाको कडक प्यास जगाउदै
मेरो जीवनका सारा जवानी लूट्थ्यो लूटीरहेछ
यसैगरी लूट्ने छ

मलाई मात्र के लूट्नू
सारा संसार लूटीरहेछ
हरेक सांझ
अल्कोहल रुपी असीना सहीतको
मदीराको मेघगर्जन गराएर
हरेक जिवनका जिन लाई मदीरा एडीक बनाउदै
भस्मासूर कूटिरहेछ
मूटूका चालहरु लठ्ठीन थालीसके
फक्सोको स्वास प्रस्वास कृयाले
गम्भीर प्रतीकृया दिदैछ
कलेजो टूक्रा टूक्रा भई रोईरहेछ
मीर्गौलाले आफू असक्षम भएको
घोषणा गरीसक्यो
आमासय आन्द्रा सबै अंग प्रत्यङ्गहरु
मृत्यूको कठघरामा उभिएर
प्राण लाई लास संग साट्ने
साक्षी भएका छन
यसरी नै मेटिनेछ हर जिवनका क्यानभासमा
कोरीएका सपनाका अमूर्त चीत्रहरु
तबसम्म
जबसम्म पृथीवीको परीक्रमा मा साझको
अस्थीत्व रहन्छ अनी
त्यही साझलाई रङ्गीन बनाउने नाउमा
मानीस मदीराको दासत्व स्वकिारीरहन्छ ।।

कवि शर्मा हाल पूर्णीमा विकास बैकमा कार्यरत छन ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।