Main Menu
  |   Sunday, July 22, 2018
बस र ट्रक आपसमा ठोकिँदा २ को मृत्यु, ५ को अवस्था गम्भीर
बस र ट्रक आपसमा ठोकिँदा २ को मृत्यु, ५ को अवस्था गम्भीर

कावासोती : नवलपरासी वर्दघाट सुस्ता पश्चिम रामग्राम ११ रानीपकडमा मंगलबार बिहान सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नलपरासी पश्चिमका अनुसार परासी भूमही हुलाकी खडक खण्डमा परासीबाट भूमहीतर्फ आउँदै गरेको लु१ख९२३६ नम्बर बस र विपरीत दिशातर्फ जाँदै गरेको ना५ख ९२४५ को ट्रक एक आपसमा ठक्कर खाँदा बसमा सवार दुई जनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बसका सहचालक रामग्राम ५ बस्ने २६ वर्षीय जितेन्द्र कुमार पाण्डेको उपचारको क्रममा भूमही सामुदायिक अस्पताल र बसमा सवार रामग्राम २ का ३५ वर्षीय अरबिन्द ठाकुरको पृथ्वीचन्द्र जिल्ला अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा परी घाइते भएका बसमा सवार अन्य ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बस चालक रामग्राम १६ का नदुवा बस्ने ३५ वर्षीय हरि नारायण केवट, रामग्राम ५ बस्ने २५ वर्षीय दीपेन्द्र पाण्डे, नवलपरासी वर्दघाट सुस्तापूर्व जिल्ला मध्यबिन्दु ११ का १६ वर्षीय अनोज अधिकारी, गोरखा ताक्लुङ १ का वर्ष २२ को टीकाराम दराई र भारत महाराष्ट्रका २४ वर्षीय विनायक पौवारको अवस्था गम्भीर रहेको छ। उनीहरुको परासी, भूमही र रुपन्देहीको मणिग्रामको अस्पतालमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।