Main Menu
  |   Sunday, July 22, 2018
भिडियोमा हेर्नुस लालगेडी
भिडियोमा हेर्नुस लालगेडी

काठमाडौं । सुरी राई तथा पियुष कुँवरको स्वर रहेको गीत लालगेडी को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पियुषसँगै बेनिशा हमाल फिचरीङ छिन् । गीतमा एक अर्काको मनमा रहेको मायालाई देखाइएको छ । गीत सुरी एल्बममा संग्रहित छ भने यसमा शब्द सानो दिल र संगीत भानुभक्त ढकालको रहेको छ । यस गीतलाई राजिभ समरले कोरियोग्राफी गरेका छन् भने यसलाई बुद्ध लामा एण्ड टिमले छायाँकन गरेका हुन् ।

विकास धमलाको सम्पादन रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् । यस एल्बममा ५ गीत संग्रहित छन् । लालगेडीसँगै यसमा सुरी , को हो त्यो , तिम्रो आगमनले र मन भरि बेदना बोलको गीत रहेका छन् । यसमा सुरीकै स्वर रहेको छ भने लालगेडीसँगै सुरीमा पियुषले साथ् दिएका छन् । यसमा सानो दिल , रवी मल्ल , कमल मल्ल , सुरी र मनोज आचार्यको शब्द रहेको छ । यसमा भानुभक्तसँगै कल्याण सिंह , न्हू बज्राचार्य र कर्ण दासको संगीत रहेको छ ।

यसो भन्छन सुरी र पियुष

सुरी राई : ( यो एल्बम मेरो ड्रिम प्रोजेक्ट हो । गीतसंगीत प्रति सानै देखि लगाव थियो तर यसलाई अगाडी बढाउँन् सकेको थिएन । अब भने त्यो मौका पाएकी छु , आश छ मेरो अभ्यासले मलाई अगाडी बढाउछ । म आउदा दिनमा पनि आफुलाई संगीतमा निरन्तरता दिन चाहन्छु । गीत गाउने रहर हराउदै थियो तर पियुषजी को साथले यसलाई अगाडी बढाउने अवसर पाए ।

पियुष कुँवर : ( मेरो पनि संगीत प्रति लगाव थियो तर यसलाई निरन्तरता दिन सकेको थिइन् । सुरीजीसंग भेट भएपछी उहाको कलाको फ्यान भए । उहाको बहानामा मैले पनि गाउने रहरलाई प्रोफेसन दिने मौका पाए । मैले यसमा दुई गीतमा फिचर आर्टिस्टको रुपमा काम गरेको छु । गीतको भिडियोमा पनि म देखिएको छु तर यसमा देखिनुको कारण भने निर्देशक निकेश हुन् ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।