Main Menu
  |   Friday, October 20, 2017
‘नयां वर्षमा लुम्बिनी जाऔं, सडकमा खाऔं’
‘नयां वर्षमा लुम्बिनी जाऔं, सडकमा खाऔं’

रुपन्देही । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुन लागेको सडक खाना महोत्सव एवं विविध सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको आयोजकले जनाएका छन् ।

‘नयां वर्ष २०७२ मा लुम्बिनी जाऔं, सडकमा खाऔं सडकमै रमाऔं, नारासहित उद्योग ब्यापार संगठन रुपन्देही र लुम्बिनी सांस्कृतिक नगरपालिका शाखाको संयुक्त आयोजनामा आगामी बैसाख १ गते महोत्सव हुन लागेको हो ।

लुम्बिनीको पर्सा चौराहामा दिउसो २ बजेदेखि १० बजेसम्म चल्ने महोत्सवमा थारु, मगर र गुरुङ जातिका परम्परागत मौलिक परिकारसहित लुम्बिनीस्थित होटलहरुमा बन्ने स्वदेशी तथा विदेशी खानाका परिकारका करिब ३० वटा स्टल रहने आयोजक संस्थाका महासचिव नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

नयां वर्षमा लुम्बिनी घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकलाई मनोरन्जन दिलाउन र नयां वर्षलाई उल्लासमय बनाउन संगठनले पहिलोपटक लुम्बिनीमा सडक खाना महोत्सवसंगै सांस्कृतिक कार्यक्रम आयोजना गरेको संगठनका लुम्बिनी शाखा अध्यक्ष कृष्णबहादुर गुरुङले जानकारी दिए ।

राष्ट्रिय तथा स्थानीय कलाकारसंगै डीजेहरुको समेत प्रस्तुति रहने महोत्सवमा करिब ५ हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको गुरुङले बताए ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।