Main Menu
  |   Sunday, July 22, 2018
सुरक्षित छ शान्तिको मुहान लुम्बिनी
सुरक्षित छ शान्तिको मुहान लुम्बिनी

बुटवल । शाक्यमुनी बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा धार्मिक पर्यटन एवम् तीर्थाटन गर्न सुरक्षित रहेको लुम्बिनी विकास कोषले स्पष्ट पारेको छ ।
युनेस्को विश्व स‌‌ंस्कृति सम्पदामा समेटिएको लुम्बिनीमा बैशाख १२ गते आएको महाभूकम्पको कुनै किसिमको असर, प्रभाव नपरेको भन्दै कोषले आन्तरिक तथा बाह्य बौद्ध–धार्मिक तिर्थयात्री तथा धर्मिक–पर्यटकहरुले बृहत्तर लुम्बिनी क्षेत्रहरुमा भ्रमण गरिहेको जनाएको छ ।
lumbini 3
बृहत्तर लुम्बिनी क्षेत्र भित्रको भगवान शाक्यमुनी बुद्धको जन्मस्थल पवित्र उद्यान लुम्बिनी, प्राचीन कपिलवस्तु दरबार क्षेत्र (तिलौराकोट), भगवान शाक्यमुनी बुद्धले बुद्धत्व प्राप्तिपछि पितासँग प्रथम पटक भेट गरेको निग्रोधाराम विहार (कुदान), पूर्व बुद्धहरु कक्रुछन्द तथा कनकमुनी बुद्धका स्थानहरु गोटीहवा, निग्लीहवा, रुपन्देही जिल्लास्थित देवदह क्षेत्र पनि सुरक्षित रहेको कोषले जनाएको छ् ।

यसैगरी शाक्यमुनी बुद्धको गृहनगरको रुपमा परिचित प्राचीन कपिलवस्तु तथा यसको आसपासको अन्य क्रकुछन्द बुद्धको गोटीहवा, कोनकमुनी बुद्धको जन्मभूमि निग्लीहवा लगायतका स्थानहरु एवं नवलपरासी जिल्लामा अवस्थित बुद्धको मावली गाउँ देवदह प्राचीन कोलिय गणराज्य समेत सुरक्षित रहेको जनाएको छ ।

यस्तै बुद्धको अस्तुधातु राखिएको प्राचीन आठ मध्यकोे एक भाग अस्तुधातु राखिएको रामग्राम स्तुपक्षेत्रमा यो महाभूकम्पका कारण कुनै पनि खालको भौतिक लगायत मानवीय क्षति नभएको÷नपु¥याएको तथ्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई सूचित गराइएको छ ।
lumbini 6

यसैगरी भगवान शाक्यमुनी बुद्धको अस्तुधातु सहितको एकमात्र प्राचीन नवलपरासीको रामग्राम स्तुप लगायतका बौद्ध स्मारकहरुमा महाभूकम्पको कुनै किसिमको प्रभाव नरहेको जनाउदै यस पवित्र क्षेत्र भगवान शाक्यमुनी बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा भ्रमण गर्न कुनै किसिमको असुरक्षा, असुविधा तथा भौगर्भिक अप्ठ्यारो नरहेको कोषका सदस्य सचिव अजितमान तामाङद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
IMG_5536

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।