Main Menu
  |   Friday, December 15, 2017
लुम्बिनीमा स्तरीय होटल खुल्ने क्रम बढ्यो
लुम्बिनीमा स्तरीय होटल खुल्ने क्रम बढ्यो

लुम्बिनी । लुम्बिनी सहित बुद्धसँग सम्बन्धित क्षेत्रलाई बुद्ध सर्किट बनाएर अगाडि बढ्ने चर्चासंगै लुम्बिनीमा स्तरीय होटल खुल्ने क्रम बढेको छ । बिश्व शान्किो मुहान लुम्बिनीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तिहरुको चासो बढेपछि लुम्बिनी क्षेत्रमा पछिल्लो समयमा ठूला लगानीमा होटल खुल्न थालेका हुन् ।

लुम्बिनीको बृहत्तर गुरुयोजना अनुरुप लुम्बिनीमा त्रिब गतिमा काम अगाडि बढ्नुका साथै भैरहवा रहेको गौतम बुद्ध विमानस्थललाई स्तर बृद्धि गरी अन्तराष्ट्रिय स्तरको बनाउन शुरु गरिएसंगै होटल व्यवसायमा लगानी बढेको हो । लुम्बिनीमा मात्रै पछिल्लो समयमा होटल सञ्चालनका लागि करोडौ रुपमा लगानी गरिएको छ । कतिपयले करोडौको लगानीमा होटल सञ्चालन गरिसकेका छन् भने कतिपयले जग्गा किनेर होटल बनाउने तरखरमा लागेका छन् ।

लुम्बिनीमा खुलेका होटलहरुमा चापाचाप छ भने भैरहवा र बुटवलका होटलहरुमा चाप रहेको छ । लुम्बिनीमा आउने उच्च स्तरका पर्यटकलाई ध्यानमा राखेर तीन तारे स्ट्याण्डरका होटलहरु खुल्ने क्रम बढेको हो । लम्बिनीमा रहेका अधिकांश होटललाई स्तर बृद्धि गरेका छन् भने दर्जनौ होटल खुल्ने क्रममा रहेका छन् । लुम्बिनीको स्टार लेवलको रुपमा होटल होक्के सहित पर्यटक लक्षित १९ वटा होटल संचालनमा रहेका छन् ।

त्यस्ता होटलहरुमा होटल होक्के, लुम्बिनी होटल कसाई, ब्याम्बो रिर्सोट, बुद्धमायां होटल प्यालेश, न्यू क्रिस्टल, होटल बुद्ध माया गार्डेन, मायादेवि गेष्ट हाउस, लिटिल बुद्ध होटल, होटल स्तुपा, होटल आनन्द भुमि, मिरेज ईन प्राली, सेभेन स्टेप गेष्ट हाउस, लुम्बिनी गेष्ट हाउस होटल लुम्बिनी ग्रिन भ्यु, होटल जाम्बाला लगायत रहेका छन् । होटल होक्के र होटल कसाइ लुम्बिनी गुरुयोजना भित्र रहेका टुरिष्ट लेवलका होटल हुन भने अन्य लुम्बिनी वरिपरि रहेका होटल हुन् ।

लुम्बिनी क्षेत्रमा होटल क्षेत्रमा दिन प्रतिदिन लगानी बढिरेहको होटल व्यवसायि मेघनाथ आर्चायले जानकारी दिए । उनका अनुसार लुम्बिनीको समग्र बिकास सगै होटल खुल्ने क्रम बढेको उल्लेख गर्दै १५ करोडको लगानीमा होटल बुद्धमाया प्यालेश सञ्चालनमा छ । उनले लुुम्बिनीमा पहिलो पटक अत्याधुनिक स्तरको सुईमिङ पुल सहितको एसि डिलक्स सहितको २२ कोठा सहितको होटल सञ्चालनमा ल्याएको बताए ।

भैरहवाको देवकोटा चोकमा दुई वर्ष अघि देखि नान्स होटल सञ्चालनमा छ भने सात करोड रुपैयाँ लगानीमा भैरहवाको दवकोटा चोक नजिक होटल द ह्वाइट लोटस सञ्चालनमा ल्याईएको लोटसका सञ्चालक निर्मल श्रेष्ठले जानकारी दिए ।

१ करोड रुपैयाँ सम्मको लगानीमा रुपन्देहीमा डेढ दर्जन बढी होटल खुलेका छन् । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीलाई भारतसंगको बुद्ध सर्किटमा जोड्ने बित्तिकै होटलमा लगानी अझै बढ्ने लुम्बिनी होटल तथा रेष्टिुरेण्ट एसोसिएसनका अध्यक्ष मिथुनमान श्रेष्ठले जानकारी दिए । ‘भैरहवामा अन्तराष्ट्रिय विमानस्थल बनेपछि बिदेशी पर्यटकको आवागमन यस भन्दा बढ्ने भएकोले स्तरीय होटलको आवश्यकता अझै बढ्ने छ,’–उनको भनाई छ ।

लुम्बिनीमा आगामि एक बर्ष भित्रमा १ अर्ब भन्दा बढीको लगानी होटल व्यवसाय क्षेत्रमा हुने उनको अनुमान छ । लुम्बिनीमा होटल खोेल्नका लागि काठमाण्डौ, पोखरा, पाल्पा लगायतका स्थानबाट व्यवसायीहरु आएका छन्सं ।

लुम्बिनीमा मात्रै अहिले दर्जन हाराहारीमा होटल बनिरहेको होटल व्यवसायि तथा होटल कासाईका महाप्रबन्धक बिनेश मानन्धरले जानकारी दिए । लुम्बिनीको अलवा भैरहवामा पनि अहिले स्तरीय होटल खुल्न थालेका छन् । सिद्धार्थनगर नगरपालिकासँगै जोडिएको बसन्तपुर गाविसमा २५ करोड लगानीमा र्‍याडिसन रिसोर्ट खुलेको छ । लुम्बिनीमा ४५ करोड रुपैया“को लगानीमा पवन समूहले पाँचतारे होटल निर्माण थालेको छ ।

त्यस्तै सफल होटल व्यवसायी निर्मल श्रेष्ठले पनि पाल्पा र भैरहवामा होटल सञ्चालन गरेपछि लुम्बिनीमा स्टार लेवलको होटल सञ्चालनको तयारीमा जुटेका छन् । उनले १२ करोडको लगानीमा लुम्बिनीमा आउने स्तरीय पर्यटकलाई लक्षित गरी स्वीमिङ पुल, साउना, ज्याकुजी सहितको ६० कोठे स्टार लेवलको होटल द रोयल रेजिडेन्सी खोल्न लागेको बताए । एक वर्षमा लुम्बिनीमा होटलमा ५० करोड भन्दा बढी लगानी भएको उनले बताए ।

लुम्बिनीमा अहिले बाह्य र आन्तरिक पर्यटकका लागि लक्षित गरी ४२ बढी होटल सञ्चालनमा रहेको मायादेवि गेष्ट हाउसका सञ्चालक गोविन्द ज्ञवालीले जानकारी दिए । भैरहवामा अन्तराष्ट्रिय स्तरको एयरपोर्ट स्तरवृद्धिको काम शुरु भएसंगै लुम्बिनीमा होटल खुल्ने क्रम बढेको बताए ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य : कार्की
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    पहिलो कुरा नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक परिवेशमा राजनीतिक गन्तव्य बदलिएको निश्कर्षसहित आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु ।

  • प्रदेशको राजधानी बुटवल नै हुन्छ : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    विकासका थप नयाँ आयामहरु गर्न बाँकी छ । बुटवललाई अब महानगर बनाउने योजना छ । मैलै सदनमा बजेट प्रस्तुत गर्दा बुटवलदेखि सुनौलीसम्मलाई समेटेर महानगर बनाउने प्रस्ताव प्रस्तुत गरेको थिए । सरकार परिवर्तन र केहि दलहरुको संकिर्ण मानसिकताका कारण महानगर बन्न सकेन । बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनमैना, देवदह, ओमसतिया, रोहीणी, शुद्धोधन र सियारी गाउँपालिकालाई समेटेर महानगर विकास परिषद बनाउनेछौं ।