Main Menu
  |   Tuesday, September 19, 2017
‘बृहत लुम्बिनी विकास’ योजनासहित काम सुरु गर्ने सरकारको तयारी
‘बृहत लुम्बिनी विकास’ योजनासहित काम सुरु गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले गौतमबुद्ध जन्मिएको स्थान लुम्बिनीलाई ‘बृहत् लुम्बिनी विकास’ नामको नयाँ योजनासहित काम सुरु गर्ने तयारी गरेको छ ।

बृहत् लुम्बिनीको समग्र विकास निमार्णमा ढिलाइ भएकाले लुम्बिनी विकासको गुरुयोजना पुनरवलोकन गर्ने र त्यसको अवधारणाको सम्बन्धमा थप अध्ययन प्रारम्भ गर्ने तयारी भएको हो ।

लुम्बिनी विकास कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले बृहत् लुम्बिनी विकासमा ढिलाइ भइरहेकाले त्यसको गुरुयोजना नै पुनरवलोकन गरी नयाँ योजनासहित काम अघि बढाउने बताए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बिहीबार बसेको लुम्बिनी विकास कोषको कार्यकारी समितिको बैठकले नयाँ ढङ्गले बृहत लुम्बिनीको विकास गर्न विभिन्न निर्णय गरेको छ ।

लुम्बिनी गुरुयोजना पुनरवलोकन गरी बृहत् लुम्बिनी अवधारणाका सम्बन्धमा थप अध्ययन प्रारम्भ गर्ने, लुम्बिनीको कार्यक्षेत्रबारे थप स्पष्टता र व्यापकता प्रदान गर्ने, कानुन परिमार्जन गर्न ऐन विनियमको संशोधन गर्नुपर्ने भए सो प्रारम्भ गर्ने निर्णयहरु गरिएका छन् ।

त्यसैगरी, कोषको छरिएर रहेका विनियमावलीलाई एकीकृत गरी सङ्गठनको संरचना पुनरवलोकन गर्ने, कार्यक्रम कार्यान्वयन कार्यविधि निर्माण गर्न वर्तमान कर्मचारी असन्तुष्टिलाई सम्बोधन गर्नेसमेत निर्णयसमेत गरिएका छन् ।

त्यस्तै, लुम्बिनी सुरक्षा व्यवस्था पुनरवलोकन गरी सुदृढ सुरक्षा प्रणाली लागू गर्न आवश्यक पहल गर्ने, कोषको काठमाडौँस्थित सम्पर्क कार्यालय तीन महिनाभित्र पूर्ण रुपमा विस्थापन गरी कोषको प्रधान कार्यालय लुम्बिनीबाटै सञ्चालन गर्ने निर्णय भएका छन् ।

बैठकले कोषको कानुन परिमार्जनका लागि कोषका सदस्यसचिव अजितमान तामाङको संयोजकत्वमा मन्त्रालयका कानुन महाशाखाका सहसचिव साधुराम सापकोटा, कोषका कानुनी सल्लाहकार बाबुराम दाहाल र कोषका वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानेन्द्र राई भएको कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

साथै, बैठकले कोषका असन्तुष्ट कर्मचारीसँग वार्ता गर्न, लुम्बिनीको समग्र विकासका सम्बन्धमा र कोषमा अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञको प्रतिनिधित्व गराउने विषयमा पनि छुट्टाछुटै समिति गठन गरेको छ ।

लुम्बिनी विकास कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा बसेको बैठकमा कोषका उपाध्यक्ष भिक्षु निग्रोध, मन्त्रालयका सचिव दिनेश थपलिया, सहसचिव साधुराम सापकोटालगायतको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।