Main Menu
  |   Sunday, July 22, 2018
लुम्बिनीमा विद्युतीय सवारी चलाउने तयारी
लुम्बिनीमा विद्युतीय सवारी चलाउने तयारी

लुम्बिनी । लुम्बिनीमा प्रदूषणरहीत विद्युतीय सवारी सञ्चालनका लागि थप प्रकृया अघि बढेको छ । लुम्बिनी विकास कोष र एसियाली विकास वैंकका प्रतिनिधिहरुले प्रदूषणरहीत सवारी सञ्चालनको कार्यविधि एक बर्ष अघि नै तयार पारेका थिए । कोषले केही महिनाभित्रै त्यस्ता सवारी खरिद गर्ने तयारी स्वरुप परामर्शदाता छनोटका लागि छलफल गरिरहेको लुम्बिनी विकास कोषका वरिष्ठ इन्जिनियर सरोज भट्टराइले जानकारी दिए । परामर्शदाता छनोट भएको केही महिनाभित्रै गाडी खरिद प्रकृया अगाडी बढाउने कोषको योजना छ ।

एडिविको सहयोगमा ‘लुम्बिनी स्वच्छ परिवहन कम्पनी’ मार्फत ५० वटा ठूला विद्युतीय बस र माइक्रो वस सञ्चालनका लागि प्रकृया अघि बढाइएको हो । मुलुकमै पहिलो पटक सञ्चालन हुने यस्ता सवारी मध्ये केही सोलार जडित सवारी हुनेछन् ।

५१ प्रतिसत कोषको र बांकी पर्यटन तथा यातायात ब्यवसायीहरुको लगानीमा यस्ता सवारी सञ्चालन गर्ने गरि कार्यविधि बनेपनि अहिलेसम्म नीजि क्षेत्रसंग सम्झौता भएको छैन । कोषले लोक कल्याणकारी अबधारणाअनुसार बृद्धबृद्धा,बिद्यार्थी र भिक्षुभिक्षुणीहरुलाई विशेष सहुलीयत दिन आफ्नो ५१ प्रतिसत लगानी जरुरी रहेको बताएको छ ।

भैरहवा देखि लुम्बिनीसम्म तथा लुम्बिनीदेखि तिलौराकोट र रामग्राम सम्म यस्ता सवारी चलाउने सम्झौता एडिविसंग छ । त्यसवाहेक गुरुयोजना क्षेत्रभित्र समेत ७० वटा प्रदूषणरहीत विद्युतीय रिक्सा सञ्चालनको तयारी अन्तिम चरणमा छ । कोइकाको एक करोड पचास लाख रुपैंया बरावरको आर्थिक सहयोगमा रिक्सा खरिद गरिएको कोषका सूचना अधिकृत हरिध्वज राइले बताए । रिक्सा सञ्चालनका लागि कोषले ७० जना स्थानीय रिक्सा चालकलाई तालिम समेत दिएको छ । लुम्बिनी स्थित पर्सा चौराहामा चार्जिङ् सेन्टर स्थापना भइरहेको छ । त्यसलगत्तै रिक्सा सञ्चालन प्रकृया अघि बढाइने छ ।

भैरहवामा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण प्रकृया शुरु भइसकेको र यो पुरा भएपछि लुम्बिनीमा पर्यटकहरुको चाप समेत बढ्ने भएकाले विमानस्थल देखि लुम्बिनीसम्म धुंवा र ध्वनी रहित सवारी सञ्चालन गर्ने योजना कोषले बनाएको हो । पेट्रोलियम सवारीका कारण भैरहवा देखि लुम्बिनीसम्मको वातावरण धुंवा र ध्वनीले प्रदूषित बन्दै गएकाले पर्यटकहरुलाई शान्ति र पवित्रताको अनुभूति गराउन यस्ता सवारीको जरुरी देखिएको कोषको ठम्याई छ ।

कोषले प्रदूरणरहीत सवारी सञ्चालनका लागि एसियाली विकास बैंक(एडिबि)संग ऋण मागेको थियो । लुम्बिनी विकास कोषका सद्भावना दूत नोबुओ कासाईको सहयोगमा बैंक अफ जापानका प्रमूख मार्फत एसियाली विकास बैंकलाई विद्युतीय सवारी सञ्चालनका लागि गरिएको अनुरोध एविडीले स्वीकृत गरेको हो ।

यो आयोजनाका लागि एडिवीले ३ मिलियन अमेरिकी डलर अर्थात रु. ३० करोड नेपाली रुपैंया बरावरको रकम सहयोग गर्नेछ । लुम्बिनीमा ‘प्रदूषणरहित विद्युतीय सवारी’सञ्चालनका लागि लुम्बिनी गुरुयोजनाका निर्माता केन्जो टाङ्गेका चेला जापनीज बास्तुकलावीद् ‘कुरुसे’लाई अध्ययन र योजना निर्माणको जिम्मा दिइएको थियो । वास्तुकलावीद् ‘कुरुसे’को टोलीले दिएको सुझावका आधारमा कार्यविधि तयार गरि प्रकृया अगाडी बढाइएको लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङ्ले जानकारी दिए ।

एडिविले उपलब्ध गराउने ऋण सहयोगबाट विद्युतीय सवारीको पार्किङ् स्टेसन,चार्जिङ् स्टेशन तथा सर्भिस सेन्टरहरु समेत निर्माण गरिने छ । लुम्विनीको विद्युतीय सवारी परियोजना मुलुककै नमुना हुने कोषको दावी छ

विद्युतीय रिक्सा सञ्चालन भएपछि लुम्बिनी क्षेत्रभित्र निजी पेट्रोलियम सवारी समेत रोक लगाउने कोषको योजना छ । यस्ता सवारी सञ्चालनमा आएपछि लुम्विनी क्षेत्रमा थप शान्ति छाउने अपेक्षा कोषको छ । लुम्बिनी शान्ति शहरको अर्को गुरुयोजना तयार गरेका कोरियन प्रोफेसर क्वाकले समेत लुम्बिनीमा धुंवा र ध्वनी प्रदूषणरहीत सवारी सञ्चालन जरुरी रहेको सुझाव दिएका दिए ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।