Main Menu
  |   Sunday, July 22, 2018
विश्व शान्तिका लागि लुम्बिनीमा १ करोड दीप प्रज्ज्वलन गरिने
विश्व शान्तिका लागि लुम्बिनीमा १ करोड दीप प्रज्ज्वलन गरिने

शान्तिस्तुपको एरियल भ्यू ।

लुम्बिनी । बिश्व शान्तिका लागि लुम्बिनीमा शान्ति दीप प्रज्ज्वलन गरिने भएको छ । लुम्बिनी स्थित चिनिया बिहारको आयोजनामा नेपाल चिन मैत्री सम्बन्ध स्थापना भएको बर्ष गाँठको अबसर पारेर बिश्व शान्तिको मुहान लुम्बिनीमा दीप प्रज्ज्वलन गर्न लागिएको हो ।

आज बुधबार देखि ४० दिन सम्म दैनिक साढे २ लाखको दरले एक करोड दिप प्रज्वलन गर्न लागिएको बिहारका प्रमुख ईन सुनले जानकारी दिए । लुम्बिनीमा रहेका महायान र थेराबाद गरी सम्पुर्ण बौद्धिष्ट गुरुहरुले लुम्बिनी स्थित शान्ति दीप अगाडि दीप प्रज्वलन गर्ने जनाइएको छ । दीप प्रज्वलनका लागि मात्र चीनबाट ५ सय जना स्वयमसेवक लुम्बिनी आई पुगेका छन् । लुम्बिनीमा आयोजना गर्न लागिएको दीप प्रज्वलन अहिले सम्मकै ठुलो हो ।

लुम्बिनीमा दीप प्रज्वलन गर्न शुरु गरेसंगै लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने लुम्बिनी बिकास कोषले जनाएको छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।