Main Menu
  |   Friday, December 15, 2017
लुम्बिनी विकास कोषको काम प्रभावित
लुम्बिनी विकास कोषको काम प्रभावित

लुम्बिनी । अन्तराष्ट्रिय महत्वको निकाय लुम्बिनी विकास कोषमा उपाध्यक्षसहित चार सदस्य पद साढे दुई महिना भन्दा बढी समयदेखि रिक्त हुँदा दैनिक काम प्रभावित भएको छ ।
कोषका पदाधिकारीसहित चार सदस्यको नियुक्ति हुन नसक्दा विकास कोष सञ्चालन समितिको बहुमत सख्या रिक्त हुन पुगेको छ । तत्कालीन उपाध्यक्ष आचार्य कर्मा स्यायाङ्बो शेर्पाले गत पुस २५ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्यसमक्ष राजीनामा बुझाएका थिए ।

हाल कोषमा नियमित काम गर्ने कोषाध्यक्ष ओमप्रकाश अर्याल र सदस्य सचिव अजितमान तामाङ मात्र छन् । लुम्बिनीको खातामा अढाइ महिनादेखि केन्द्रीय खाताबाट रकम आउन नसकेको हुँदा अहिले त्यहाँ भइरहेका निर्माणको भुक्तानी समेत रोकिएको कोषका कोषाध्यक्ष अर्यालले बताए । कोषका पदाधिकारी तथा सदस्य सबै पदको नियुक्ति मन्त्रिपरिषद्ले गर्ने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य : कार्की
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    पहिलो कुरा नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक परिवेशमा राजनीतिक गन्तव्य बदलिएको निश्कर्षसहित आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु ।

  • प्रदेशको राजधानी बुटवल नै हुन्छ : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    विकासका थप नयाँ आयामहरु गर्न बाँकी छ । बुटवललाई अब महानगर बनाउने योजना छ । मैलै सदनमा बजेट प्रस्तुत गर्दा बुटवलदेखि सुनौलीसम्मलाई समेटेर महानगर बनाउने प्रस्ताव प्रस्तुत गरेको थिए । सरकार परिवर्तन र केहि दलहरुको संकिर्ण मानसिकताका कारण महानगर बन्न सकेन । बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनमैना, देवदह, ओमसतिया, रोहीणी, शुद्धोधन र सियारी गाउँपालिकालाई समेटेर महानगर विकास परिषद बनाउनेछौं ।