Main Menu
  |   Friday, December 15, 2017
चौडा हुँदैछन् लुम्विनी जोड्ने पुल
चौडा हुँदैछन् लुम्विनी जोड्ने  पुल

लुम्विनी । भैरहवा हुंदै लुम्विनी पुग्ने अधिकांश पर्यटकको एउटै गुनासो रहन्छ – ‘सांघुरो सडक, झन् सांघुरो पुल’ । यही गुनासोको सुनुवाई गर्दै सरकारले यहांका ५ वटा पक्की पुल चौडा गर्न शुरु गरेको छ । लुम्विनी जस्तो अन्तरराष्ट्रिय पर्यटकीय स्थलसम्म पुग्ने सडक र पुलहरुको दूरावस्थाले पर्यटकहरु दिक्क भएपछि ५ वटा पक्की पुल एकैचोटी चौडा गर्न शुरु गरिएको सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर कृष्ण पन्थीले बताए ।

गौतमबुद्ध विमानस्थलदेखि लुम्विनी सम्म २२ किलोमिटर सडकखण्डमा पर्ने पुलहरु अत्यन्तै सांघुरा भएका कारण ट्राफिक जाम हुंदा पर्यटकहरुले सास्ती खेप्नु परेको छ । सिमेन्ट उद्योगहरुको सामान वोक्ने ठूला ट्रक,लुम्विनी र तौलिहवासम्म पुग्ने यात्रुवाहक वस र अन्य सवारीले यो सडकखण्डका सांघुरा पुलहरुमा कहिलेकांही घण्टौं जाम हुंदा लुम्विनी घुम्न आउने पर्यटकहरुले शास्ती खेप्दै आएका थिए ।
तर अब आगामी २ वर्षभित्रै सवै पुलहरु चौडा गर्ने लक्ष्य राखिएको छ । सडकखण्ड अन्तर्गत पर्ने तिनाउ,घाघरा,दानो,कैलीहवा र तेलार नदीमा रहेका पांचवटा पुलहरु निकै सांघुरा छन् । जम्मा ४ मिटर मात्रै चौडाई रहेका यी पुलहरुमा एक पटकमा एउटा मात्र गाडी वारपार गर्न सक्छ ।
हुलाकी सडक आयोजना अन्तर्गत सडक डिभिजन कार्यालय बुटवलले हाल रहेका पुलहरुलाई विस्तार गरी चौडा गर्न थालेको हो । यसो गर्दा सवै पुलहरु करीव ८ मिटर चौडाइका हुनेछन् । हाल रहेको पुलका बारहरुलाई जस्ताको त्यस्तै राखेर छेउंमा त्यही साइजको अर्को पुल बनाइने छ । यसो गर्दा सवै पुलहरुका वीचमा डिभाइडर समेत रहनेछन् । पुल विस्तार भएपछि यातायात आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

चौडा गर्न थालिएका पुल मध्ये तिनाउ र दानोको ९०–९० मिटर,घाघराको ४५ मिटर, तथा कैलीहवा र तेलार नदीको २७–२७ मिटर लम्वाई रहनेछ । पांच वटा पुल चौडा गर्न २० करोड ५ लाख ५५ हजार रुपैंया वजेट लाग्ने अनुमान छ ।
सवै पुलहरुको ठेक्का भएर धमाधम काम भइरहेको सडक डिभिजन कार्यालय बुटवलका अर्का इन्जिनियर जयलाल मरासिनीले बताए ।

सडक डिभिजन कार्यालयले २ वर्षअघि यो सडकलाई समेत केही चौडा गरेको छ । कार्यालयले सडकको छेउंछाउंमा अतिक्रमण गरि वनाइएका संचरना समेत यसैवर्ष हटाउने तयारी गरेको छ । सडकको वीच भागबाट दायांवायां १५–१५ मिटर क्षेत्रमा पर्ने सवै संचरनाहरु हटाएर सडक थप चौडा गर्ने प्रकृया शुरु गरिने इन्जिनियर कृष्ण पन्थीले जानकारी दिए ।

सन् २०१७ भित्र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपछि पर्यटकहरुको चाप बढ्ने अपेक्षा गर्दै सरकारले लुम्विनी क्षेत्रमा सडक,खानेपानी,विद्युत,ठूला होटल तथा पर्यटन उद्यँेगहरुको विकासलाई प्राथमिकता दिन थालेको छ ।

सन् २०१८ को जनवरीमा अन्तरराष्ट्रिय उडान शुरु गर्ने लक्ष्य राखेको र त्यससंगै पर्यटकहरुको संख्या ह्वात्तै बढ्ने भएकाले विमानस्थलदेखि लुम्विनीसम्म पुग्ने सडक चौडा गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् ।

एडिबिको सहयोगमा आगामी वर्षदेखि यो सडकमा विद्युतीय सवारी सञ्चालन गर्ने तयारी समेत थालिएको छ । लुम्विनी पुग्ने सडक भएका कारण यसको विस्तार र स्तरोन्नतीमा आफुहरु सधै चनाखो रहेको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख दीपक भट्टराइले बताए ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य : कार्की
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    पहिलो कुरा नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक परिवेशमा राजनीतिक गन्तव्य बदलिएको निश्कर्षसहित आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु ।

  • प्रदेशको राजधानी बुटवल नै हुन्छ : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    विकासका थप नयाँ आयामहरु गर्न बाँकी छ । बुटवललाई अब महानगर बनाउने योजना छ । मैलै सदनमा बजेट प्रस्तुत गर्दा बुटवलदेखि सुनौलीसम्मलाई समेटेर महानगर बनाउने प्रस्ताव प्रस्तुत गरेको थिए । सरकार परिवर्तन र केहि दलहरुको संकिर्ण मानसिकताका कारण महानगर बन्न सकेन । बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनमैना, देवदह, ओमसतिया, रोहीणी, शुद्धोधन र सियारी गाउँपालिकालाई समेटेर महानगर विकास परिषद बनाउनेछौं ।