Main Menu
  |   Sunday, May 27, 2018
माग्नेले १० लाख पारिश्रमिक किन लिए ?
माग्नेले १० लाख पारिश्रमिक किन लिए ?

बुटवल । शुदर्शन थापा र पूजा शर्माले निर्माण गर्न लागेको सिनेमाका लागि कलाकार केदार घिमिरे (माग्ने बुढा) अनुबन्धित भएसँगै सिनेमामा उनले लिएको पारिश्रमिकले एक किसिमको तरंग फैलाएको छ ।

उनले यस सिनेमामा काम गरेवापत लिएको १० लाख पारिश्रमिक धेरैलाई अपत्यारिलो बन्नपुग्यो । अझैपनि उनलाई  पारिश्रमिकका बारेमा अनेकथरि प्रश्न आउन  छाडेका छैनन् । माघको अन्तिमबाट छायांकन सुरु हुने यो सिनेमामा उनले लिएको १० लाख पारिश्रमिक बारे हामीले उनलाई केही प्रश्न गरेका छौँ ।

सिनेमामा के देखेर तपाईले दश लाख पारिश्रमिक लिनुभयो ?

मैले  बाहिरी ब्यानरबाट सिनेमामा काम नगर्ने भनेर धेरै सिनेमा रिजेक्ट गरेको थिएँ । कुनै कार्यक्रममा जाँदा सिनेमा रिजेक्ट गरेको मान्छे मात्र भेटिने पनि अवस्था भएको थियो ।

माग्ने ठूलो भएको छ मेरो सिनेमा खेलेन भन्ने जस्तो भएको थियो । माग्ने ठूलो भएको छैन है भन्नका लागि पनि बाहिरी ब्यानरमा काम गर्नुपर्ने थियो । स्क्रिप्ट राम्रो र दशलाख पारिश्रमिक पाए भने खेल्छु भन्ने सोंचेको थिए । टिममा पनि यही सल्लाह भएको थियो । त्यो पछि कुरा आउँदा दीपा दिदीले हुन्छ भनिदिनु भएछ ।

दीपकराज गिरी र दिपाश्री निरौलाले बाहिरी ब्यानरमा खेलिसके पछि भित्रको टिमका साथीले पनि बाहिरी ब्यानरको सिनेमा खेल्न पाएको हो भन्ने कुरामा के भन्न चाहनुहुन्छ ?

त्यस्तो होईन । उहाँहरुले एकवटा सिनेमा बाहिरी ब्यानरमा गरौँ न त एक वर्ष सम्म के यत्तिकै बस्नु भनेर काम गरेको हो। उहाँहरुले बाहिरी ब्यानरमा काम गरेर हामीले चान्स पाएको भन्ने कुरा भने सबै गलत हो ।

मिडियामा तपाईहरुको टिमका साथीलाई बाहिरी ब्यानरबाट सिनेमा गर्न पाउँदैन भन्ने कुरा किन आइरहेको छ ?

त्यस्तो केही पनि होईन । मत अहिले पनि भन्छु की हामीले सफल बन्ने हो भने टिमभन्दा बाहिर छरिएर काम गर्नुहुदैन । किनकी नेपाली दर्शकले हामीलाई एकत्रित भएर आउँछौँ भनेर माया गर्नु भएको छ।

‘वडानम्बर ६’ देखि ‘छक्का पन्जा २’को यात्रा तय गर्दा सम्म यो यूनिटलाई नै दर्शकले मन पराइदिनु भएको हो ।

तपाईलाई यो सिनेमामा काम गर्दा कत्तिको डर अथवा च्यालेन्जिङ्ग लागि रहेको छ ?

मलाई एकदमै डर छ । त्यही भएर कथा अलिकति हेरेर र चित्त बुझेको भएर मात्रै मैले यो सिनेमा साइन गरेको हो । सिनेमामा विल्सन विक्रम राई, रविन्द्रझा, पूजा शर्मा, शुदर्शन थापालगायतको टिम हुनुहुन्छ ।

त्यसपछि मैले उहाँहरुसँगको कुराकानीमा म नआएको भए बेग्लै थियो तर म आइसकेपछि चाहे यूनिटको कुरामा एकदमै विचार पुराउनु पर्छ है भनेको छु ।

तपार्इको चाहना अनुसार उहाँले दिपाश्री निरौलालाई लैजाने सम्भावना के छ ?

त्यस्तो केही पनि छैन । यदि सबैजना जाने हो भने ‘छक्का पन्जा’ भइहाल्छ ।

पूजा शर्मा र शुर्दशन थापालाई तपार्इलाई सिनेमामा लिनको लागि ठूलै कसरत गर्नु पर्यो अर्थात माग्नेले भाउ खोज्यो भन्ने छ । यस विषयमा के भन्नुहुन्छ ?

यो कुरा गलत हो । सुरुमा दिपा दिदीले हुन्छ नि त माग्ने सिनेमा खेल्छ भनेर भनिसकेपछि मलाई पूजाले दाई सिनेमा गर्ने हो ? भनेर सोध्नुभयो । पूजाले हामीले तपार्इसँग पहीलेबाट नै कुरा गर्न खोजेको हो तर बाहिर माग्नेले छोडेको रोल यसले पाएछ भन्ने खालको कुरा आउँछ त्यो भयो भने मज्जा आउँदैन भनेर मात्र हामीले भन्न नसकेको हो भन्नुभयो ।

त्यसको भोलिपल्ट दिपा दिदी हामी सँगै बस्यौ । त्यहाँ अलिकति कुरा भयो । त्यो पछि मलाई अफिसमा बोलाउनु भयो र कथा सुनाउनु भयो । मलाई कथा मन पर्यो । यस अघि मैले छोडेहोला झण्डै २२ वटा सिनेमा ।

तर कथा सुनेपछि यो सिनेमा १० लाख दिएभने भने म पक्कै गर्छु भन्ने लाग्यो । पहिलो चोटी भेटेर कुरा गर्दा नै मैले यो सिनेमामा काम गर्छु भन्ने लागेको थियो रे उहाँहरुलाई । यो कुरा उहाँहरुले एग्रिमेन्ट भइसकेपछि भन्नु भएको थियो । तर उहाँहरु परिश्रमिक घटाउने सोचमा भने हुनुन्थ्यो रे । – लुम्बिनि टाइम्स र गफगाफ डटकमकाे सहकार्य 

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।